म्याग्दी समाचार

जन्मदिनको अवसरमा बालगृहका बालबच्चाहरुलाई खाद्यान्न सहयोग

म्याग्दी, ६ भदौँ । रघुगंगा गाउपालिका –३ राखु अछेताका रेशमबहादुर केसीले जन्मदिनको अवसरमा बेनी बजारस्थित रहेको बालगृहमा खाद्यान्न सहयोग गरेका छन् । शुक्रबार विहान बालमन्दिर अनाथ बालबालिकाहरुलाई सो सहयोग गरेका हुन् । केसीले ४ हजार बराबरको खाद्यान्न बालमन्दिरमा बस्ने बालबालिकाहरुलाई हस्तान्तरण गरेका थिए । केसी अनेस्ववियु म्याग्दीका नेता साथै ब्यवसायि... पुरा पढ्नुहोस

कवड्डी प्रतियोगिता सुरु

  बेनी, ६ भदौ । बेनीमा बिहीबार देखि पुरुष खुल्ला तथा अन्तर मावि स्तरीय छात्रा कवड्डी प्रतियोगिता सुरु भएको छ । म्याग्दी कवड्डी संघले आयोजना गरेको शनिबार सम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ८ र छात्रातर्फ ६ विद्यालयको सहभागिता छ । पुरुष खुल्लाको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा... पुरा पढ्नुहोस

दोहोरी गित प्रतिष्ठान कतार शाखाको सचिवमा शर्मा

बेनी, ६ भदौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको दोस्रो अधिबेसन बाट म्याग्दीका तिलु शर्मा पौडेल सचिवमा निर्वाचित भएका छन् । आगामी २०१९देखि २१ सम्मको कार्यकालका लागि शक्ति क्षेत्रिको अध्यक्षतामा नयाँ कार्य समिति निर्बिरोध चयन गरिएको थियो । जसको प्रथम उपाध्यक्ष शिवराम ढकाल, दित्तिय उपाध्यक्ष ईमान सिहं... पुरा पढ्नुहोस

चट्याङ लागेर लाखौँको क्षति व्यहोरेका भेडापालक कृषकलाई राहत दिन साँसद केसीको माग

म्याग्दी ५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा लाखौँको क्षति व्यहोरेका कृषकलाई राहत दिन म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीले माग गर्नुभएको छ । विहिवार बसेको गण्डकी प्रदेश सभा बैठकको शुन्य समयमा साँसद केसीले चट्यांगले भेडाबाख्रा मर्दा कृषकलाई परेको क्षतिबारे जानकारी गराउँदै पिडित बनेका कृषकलाई राहत... पुरा पढ्नुहोस

मुनामा पलम्बर तालिम

मुना ५ साउन । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा तीन दिने पलम्बर तालिम सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाको स्वास्थ्य सरसफाई कार्यक्रम अन्तरगत पलम्बर तालिम सञ्चालन भएको हो । विद्यालय स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्यहरुको सहभागिता... पुरा पढ्नुहोस

पर्यटकिय धार्मिकस्थल ज्यामरुकोत मन्दिर पुग्न पदमार्ग निर्माण

धिरन खत्री म्याग्दी, ४ भदौँ । म्याग्दीको बेनी नगरपालिका २ भकुण्डे देखि पर्यटकिय धार्मिकस्थल ज्यामरुककोत मन्दिर पुग्न पदमार्ग निर्माण गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत, नगरपालिका र स्थानीयको जनश्रमदानमा पदमार्ग निर्माण गरिएको हो । भू तथा जलाधार ब्यवस्थापन कार्यालयको १४ लाख ९९ हजार ४ सय ८६ रुपियाँ... पुरा पढ्नुहोस

करेन्ट लागेर मजदुरको मृत्यु

  बेनी ४ भदौ । जलजला गाउँपालिका–३ वारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा म्याग्दीको धवलागिरी गाउँपालिका–३ का २२ वर्षीय कुमार सुनारको मृत्यु भएको वारीबेनी प्रहरी चौकीले जनाएको छ । चौकीका प्रहरी सहायक निरिक्षक धु्रबबहादुर बोहोराले घर निर्माणका... पुरा पढ्नुहोस

मुनामा सहकारी व्यवस्थापन तालिम

  म्याग्दी, ४ साउन । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा मंगलबार सहकारी व्यवस्थापन तथा सुशासन सम्बन्धी तालिम सुरु भएको छ ।  गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग र संगम म्याग्दीको आयोजनामा सुरु भएको तालिम चार दिन सम्म सञ्चालन हुनेछ् । गुर्जा, मुना, मुदी र लमसुङमा सञ्चालित ५ वटा सहकारीका... पुरा पढ्नुहोस

मोना बेल्जियमद्धारा संकलित रकम १३ लाख २२ हजार शान्ति कोषलाई हस्तान्तरण

  म्याग्दी, ३ भदौँ । विपन्न म्याग्देलीको उपचारमा सघाउन स्थापीत परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई मोना बेल्जियमद्धारा १३ लाख २२ हजार २०९ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । रोजगारको शिलशिलामा बेल्जियममा रहेका मोनामा आवद्ध म्याग्देलीहरुको संगठित संस्था मोना बेल्जियमबाट संकलित रकम हस्तान्तरण गरिएको हो । म्याग्दी प्रवाशी संघ मोना... पुरा पढ्नुहोस

म्याग्दीका मनकारी जनप्रतिनिधि

म्याग्दी ३ भदौ । म्याग्दीका तीन स्थानीय तहका प्रमुखले आफ्नो पारिश्रमिक वापतको रकमलाई सामाजिक क्षेत्रमा खर्चिने गरेका छन्। रघुगंगा, अन्नपूर्ण र मंगला गाउँपालिकाका अध्यक्षत्रयले सरकारी तवरवाट प्राप्त हुने पारिश्रमिकलाई शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सेवाको क्षेत्रमा खर्चिने गरेका हुन् । यहाँका गाउँपालिका अध्यक्षले मासिक पारिश्रमिक रु ३१ हजार पाउने गरेका छन्... पुरा पढ्नुहोस