म्याग्दी समाचार

खेतबारीको धान र कोदोलाई गोडमेल गर्दै कृषक

म्याग्दी, ३ भदौँ । खेतबारीमा लगाइएको बालीलाई गोडेमले गर्दै रघुगंगा गाउँपालिका – २ राखु भगवतीस्थितका कृषक । जेठ र असारमा खेत र बारीमा रोपिएको धान र कोदोलाई साउन र भदौँ महिनामा गोडमेलका लागि ब्यस्त कृषक । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस

फुर्सदमा म्याग्दी घुम्ने प्रशस्त ठाउँ ( फाेटाेफिचर )

धिरन खत्री म्याग्दी, २ भदौँ । संसारको सातौ अग्लो धौलागिरि र निलगिरि हिमालको काखमा हिमाली जिल्ला म्याग्दी पर्छ । पर्यटकको आकर्षण केन्द्र पुनहिल, मोहरेडाडाँ, लामो पुल धौलागिरि र निलगिरि हिमाल रहेका छन् । स्थानीय तहको सक्रियतामा पर्यटकियस्थहरुलमा प्रचारप्रचार तथा पुर्वाधार निर्माणले आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । दर्जनौँ हिमाल, मनोरम... पुरा पढ्नुहोस

घोेडेपानीमा हुने मोनाको महाधिवेशनको तयारी सुरु

बेनी २ भदौ । रोजगार, पेशा व्यवसाय र शिक्षाको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध प्रवासी नेपाली म्याग्देली संघ (मोना)को तेस्रो महाधिवेशनको तयारी सुरु भएको छ । असोजको १४ देखि १६ गतेसम्म अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने महाधिवेशनको तयारीका लागि विभिन्न देशका राष्ट्रिय समितिको साधारणसभा, अधिवेशन र... पुरा पढ्नुहोस

अमर माविमा छात्रवृत्ति वितरण

चिमखोला २ भदौ । रघुगंगा गाउँपालिका– ७ स्थित अमर माविमा आइतबार संगिता राम्जाली स्मृति कोषबाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ । भूपु शिक्षक एवम् हाल बेनपा–८ निवासी लोक गायिका धनकुमारी थापाले २०७५ भदौ १ गतेका दिन आफ्नी स्वर्गीय छोरी संगिता बानिया राम्जालीको पुण्य स्मृतिमा जन्मगाउँको विद्यालयमा तीन लाख रुपैयाँको अक्षयकोष... पुरा पढ्नुहोस

पाखापानीमा समिक्षा सहित योजना कार्यान्वयनको तयारी

बेनी २ भदौ । रघुगंगा गाउँपालिका–६ पाखापानीमा आइतबार वडामा आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रमहरुको समिक्षा गरिएको छ । गाउँपालिका, विषयगत कार्यालय, विद्यालय, युवा क्लव, आमा समूह लगायत विभिन्न संघ संस्थाले सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत र समिक्षा गरिएको थियो । गत वर्ष गाउँपालिकाले बिनियोजन... पुरा पढ्नुहोस

सहकारीको ब्याजदर सम्वन्धि अन्तरक्रिया

  म्याग्दी, १ भदौँ । सहकारीका संचालक र प्रवन्धकको उपस्थितमा बेनीमा सहकारीको ब्याजदर सम्वन्धि अन्तक्रिया गरिएको छ । पुर्व रजिष्ट्रार सुर्दशन ढकाल र राष्ट्रिय सहकारी बैँक संचालक रामबहादुर जिसिले सहकारी ब्याजदर सम्वन्धी जानकारी गराएका थिए । सहकारी संस्थाको ब्याजदरलाई ब्यवस्थित गर्न ऐनमा सहकारीले लिने र दिने ब्याजदर ६ प्रतिशतभन्दा बढी... पुरा पढ्नुहोस

वडा अध्यक्षमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न नगरपालिकाको माग (भिडियाे सहित)

म्याग्दी १ भदौ । म्याग्दीको बेनी नगरपालिका –२ का वडा अध्यक्ष हिराबहादुर थापालाई मोसो लगाएर दुव्र्यवहार गर्नेहरुमाथि कारबाही गर्न बेनी नगरपालिकाले माग गरेको छ । गत साउन ३० गते विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सेवाग्राहीलाई सेवा दिँदै गरेका वडा अध्यक्ष थापामाथि मोसो र चप्पलको माला लगाएर दुव्र्यवहार गरेको भन्दै नगरपालिकाले... पुरा पढ्नुहोस

क्षत्री महिला समाज म्याग्दीको नयाँ नेतृत्व चयन

म्याग्दी,३२ साउन । क्षत्री महिला समाज म्याग्दीको तेस्रो साधारसभा तथा दोस्रो अधिवेशनबाट कमल खत्रीको अध्यक्षमा नया कार्यसमिति सर्वसम्वत रुपमा चयन गरिएको छ । शनिबार बेनीमा भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा सञ्जु बरुवाल, द्वितीय उपाध्यक्षमा शर्मिला थापा, सचिवमा पुष्पा थापा, कोषाध्यक्षमा कल्पना खत्री, सह–सचिवमा रोजीना क्षेत्री रहेको २३ सदस्य कार्यसमिति चयन गरिएको... पुरा पढ्नुहोस

चट्याङले भेडा मर्दा रु.दश लाख बराबरको क्षति

  बेनी ३२ साउन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु. दश लाख रुपैयाँ मूल्य बराबरको क्षति पुगेको छ । शुक्रबार राती साढे ११ बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करिब दश लाख रुपैयाँ मूल्य बराबरको क्षति पुगेको कृषक समेत... पुरा पढ्नुहोस

पुर्व विधार्थी अधिकृत थापालाई सम्मान

म्याग्दी, ३२ साउन । रघुगंगा गाउँपालिका–२ राखु अधेरीखोला स्थित सिद्धार्थ ज्ञान मन्दिर आधारभूत विद्यालयद्धारा पुर्व विद्यार्थी युवराज थापालाई सम्मान गरिएको छ। सो विद्यालयमा अध्ययनसंगै उच्च शिक्षा हासिल गरेर अधिकृत बन्न सफल भएका थापालाई विद्यालयद्धारा सम्मान गरेकोे हो । बेनी नगरपालिका कार्यालयमा कार्यरत अधिकृत थापालाई विद्यालयका ब्यवस्थापन समिति, शिक्षक, अध्ययनरत विद्यार्थी... पुरा पढ्नुहोस