भण्डारीको उपचारमा दक्षिण कोरियामा रहेका राखुबासीको पहलमा १ लाख १८ हजार सहयोग जुट्यो

  • १५ मंसिर २०७७, सोमबार
  • 2323 पटक पढिएको

म्याग्दी १५ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनले खुट्टामा काटेर घाईते भई उपचाररत ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा दक्षिण कोरियाबाट सहयोग जुटाईएको छ । दक्षिण कोरियामा रहेका राखुबासीहरुको पहलमा त्यहाँ रहेका राखुबासी, म्याग्देली र नेपालीहरु मार्फत रु १ लाख १८ हजार ४७८ सहयोग जुटेको हो ।

भण्डारीको उपचारमा लाखौँ खर्च लाग्ने र घरपरिवारको अबस्था कमजोर रहेकाले उपचारमा राहत पुगोस भन्ने उदेश्यले सहयोग जुटाईएको अभियान्ता सप्पन भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, ३१ जना सहयोगदाता मार्फत सो सहयोग जुटाईएको छ ।

गत कात्तिक २९ गते साझापानीको देउरालीमा खेत जोत्ने क्रममा ट्याक्टर उकाल्ने क्रममा पल्टीएर दाईने खुट्टामा गम्भिर चोट लागेका भण्डारीको खुट्टा नै गुमेको छ । भण्डारीको उपचारमा लाखौँ खर्च भैसकेको र थप खर्च लाग्ने भएपछि उपचारमा आर्थिक अभाब हुन थालेपछि घरपरिवारले सहयोगको लागि अपिल गरेका छन् ।

केहि बर्ष अघि प्रवासमै विरामी भएपछि घर फर्कनुभएका भण्डारीले गाउँमा हाते ट्याक्टर मार्फत खेत जोतेर जिविका चलाउँदै आउनुभएको थियो । परिवारका अन्य सदस्यको आम्दानीको स्रोत नभएको कारण उपचारमा थप समस्या भएको छ ।
सहयोगदाताको नामावली

1:-sapan bhandari(sajhapani) :-100000
2:-Adarsh bhandari(sajhapani):-100000
3:-Rabin bhandari(sajhapani):-50000
4:-Sandip bhandari(sajhapani):-50000
5:-Rabindra bhandari(sajhapani):-50000
6:-suman paudel(ranipauwa):-30000
7:-kumar bhandari(mauwaphant):-20000
8:-parkash karki(ranipauwa):-20000
9:-Gyan katuwal(tejukharka majhphat):-30000
10:-Ramesh karki(ranipauwa):-20000
11:-Min karki(ranipauwa):-20000
12:-Rabin khatri(kalegbang):-10000
13:-Saroj bhandari(sajhapani):-40000
14:-Abinash karki(ranipauwa):-20000
15:-Shibam katwal(aklikhet):-20000
16:Ishwor karki(sajhapani):-50000
17:-Amrit karki and shiva karki(baunchaura):-100000
18:-laxman kc(aklikhet):-30000
19:-U bhahadur bhandari (sajhapani):-50000
20:-Rajesh katuwal(pastol):-20000
21:-Bhagawan karki(mauwaphant):-20000
22:-Ramesh katuwal(ktuwaltoll):-20000
23:-Ganesh rijal(humentol):-20000
24:-Samim rijal(humentol):-20000
25:-Binod darji(dulepani):-20000
26:-Bhabindra shahi(piple):-20000
27:-kiran bhandari(piple):-50000
28:-gangaraj baniya (ghatan)20000
29:-durga bhandari (beni):-20000
30:-sunesh khatri(takum):-20000
31:-susanta katuwal(tejukharka majhphant):-30000
जम्मा:-१०९००००वोन
रु:-११८४७८
सम्पूर्ण सहयोगी मनहरुमा हृदयदेखि धेरै धेरै धन्यवाद।

सम्पर्क : सुस्मा कुमारी भण्डारी ९८४७६३०८७३
निसान भण्डारी :  ९८६७६२३१४२
पदम भण्डारी : ९८५७६२४३८९