भण्डारीको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीबाट १ लाख २८ हजार सहयोग
- १० पुष २०७७, शुक्रबार
- 1448 पटक पढिएको
म्याग्दी १० पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनको चोटबाट खुट्टानै गुमाएका ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीहरुले सहयोग गरेका छन् । अष्ट्रेलियामा रहेका राखुबासीको संस्था राखु समाज अष्टे«ेलियाको नेतृत्वमा संकलन भएको रु १ लाख २८ हजार ५७५ रुपैयाँ सहयोग संकलन गरि पठाईएको छ ।
समाजका सचिब गोकुल भण्डारीको संयोजकत्वमा आर्थिक संकलन भएको थियो । भण्डारीको उपचारमा लाखौँ खर्च लाग्ने र घरपरिवारको अबस्था कमजोर रहेकाले उपचारमा राहत पुगोस भन्ने उदेश्यले सहयोग संकलन गरि पठाईएको सचिब भण्डारीले बताउनुभयो । भण्डारी परिवारले सहयोग दाताहरुलाई आभार प्रकट समेत गरेका छन् ।
गत कात्तिक २९ गते साझापानीको देउरालीमा खेत जोत्ने क्रममा ट्याक्टर उकाल्ने क्रममा पल्टीएर दाईने खुट्टामा गम्भिर चोट लागेका भण्डारीको खुट्टा नै गुमेको छ । भण्डारीको उपचारमा लाखौँ खर्च भैसकेको र थप खर्च लाग्ने भएपछि उपचारमा आर्थिक अभाब हुन थालेपछि घरपरिवारले सहयोगको लागि अपिल गरेका छन् ।
केहि बर्ष अघि प्रवासमै विरामी भएपछि घर फर्कनुभएका भण्डारीले गाउँमा हाते ट्याक्टर मार्फत खेत जोतेर जिविका चलाउँदै आउनुभएको थियो । परिवारका अन्य सदस्यको आम्दानीको स्रोत नभएको कारण उपचारमा थप समस्या भएको छ ।
सहयाेगदाताकाे नामावली
1) Ishwor baruwal 50$
2) Prashant rijal 20$
3) Ananda rijal 20$
4) Sapana bhandari 150$
5) Mukti roka 100$
6) ram tandulkar 25$
7) ishwor khatri $50
8 Prem bahadur bhandari $51
9) prakash karki $30
10) min bahadur bhandari $30
11) kem chherri $55
12) puja khatri $40
13) jayaram bhandari $51
14) nabin bhandari $150
15) manoj+puja malla $50
16) supak malla $50
17) shiva thakuri $50
18) gakul + gajendra $50
19) sumitra bhandari $25
20 ) sudan sharma $21
21) satish bhandari $200
22) Krishna bhandari $55
23) roshan bishwokarma $30
24) pushpa bogati $ 35
सम्पर्क ः सुस्मा कुमारी भण्डारी ९८४७६३०८७३
निसान भण्डारी ः ९८६७६२३१४२
पदम भण्डारी ः ९८५७६२४३८९