भण्डारीको उपचारमा राखु पोखरा सम्पर्क समाजको अगुवाइमा ७० हजार आर्थिक संकलन

  • १४ मंसिर २०७७, आईतवार
  • 2689 पटक पढिएको

म्याग्दी १४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनले खुट्टामा काटेर घाईते भई उपचाररत ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा सहयोज जुट्न थालेको छ । पोखरामा बसोबास गर्ने राखुबासीहरुको संस्था राखु समाज पोखराको अगुवाईमा रु ७० हजार सहयोग जुटेको हो ।


समाजका अध्यक्ष लिल बहादुर भण्डारीले रु ५ हजार, सचिब हर्क बहादुर भण्डारीले ५ हजार, सदस्य प्रेम बहादुर भण्डारीले १० हजार, सल्लाहकार लोकबहादुर भण्डारीले २५ हजार, सदस्य मिन बहादुर भण्डारीले ५ हजार , सल्लाहकार गोकर्ण बहादुर भण्डारीले रु १० हजार, सल्लाहकार धन बहादुर खत्रीले रु १० हजार सहयोग गर्नुभएको छ ।

गत कात्तिक २९ गते साझापानीको देउरालीमा खेत जोत्ने क्रममा ट्याक्टर उकाल्ने क्रममा पल्टीएर दाईने खुट्टामा गम्भिर चोट लागेका भण्डारीको खुट्टा नै गुमेको छ । भण्डारीको उपचारमा लाखौँ खर्च भैसकेको र थप खर्च लाग्ने भएपछि उपचारमा आर्थिक अभाब हुन थालेपछि घरपरिवारले सहयोगको लागि अपिल गरेका छन् । केहि बर्ष अघि प्रवासमै विरामी भएपछि घर फर्कनुभएका भण्डारीले गाउँमा हाते ट्याक्टर मार्फत खेत जोतेर जिविका चलाउँदै आउनुभएको थियो । परिवारका अन्य सदस्यको आम्दानीको स्रोत नभएको कारण उपचारमा थप समस्या भएको छ ।
सम्पर्क ः सुस्मा कुमारी भण्डारी ९८४७६३०८७३
निसान भण्डारी ९८६७६२३१४२
पदम भण्डारी ९८५७६२४३८९