नीजि शिक्षकको तलव जुटाउन खोप्रालेकमा चौरीपालन

  • १५ मंसिर २०७७, सोमबार
  • 1827 पटक पढिएको

म्याग्दी, १५ मंसिर । विद्यालयको नीजि शिक्षकको तलव जुटाउन म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको पर्यटकियस्थल खोपारा लेकमा समुदायको सक्रियतामा चौरीपालन गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्धारमा रहेको पाउद्धार मावि र ८ मा रहेको हिमाञ्चल मावि नांगीको विद्यालयका नीजी शिक्षकको तलबका लागी चौरीपालन गरिएको छ । महाविरको नेतृत्वमा अन्नपुर्ण गाउँपालिका– ६ र ८ मा रहेका विद्यालयको नीजी शिक्षकको तलव जुटाउन खोप्रा लेकमा एक सय ७० वटा भन्दा बढी चौरी पालन गरिदै आएको छ। चौरी हेरचाहका लागि मासिक १५ हजार तलव दिएर दूईजना हेरालु राखिएको अनपुर्ण गाउँपालिका– ५ वडा सदस्य धनबहादुर पाईजाले बताए । जानकारी दिए ।

स्थानियले चौरी पालन ब्यवसाय र सामुदायीक लज सन्चालनमा ल्याएका छन् । समुन्द्री सहत देखी ३ हजार ६ सय ६० मिटर उचाईमा रहेको खोप्रालेकमा व्यवसायीक रुपमा पाउद्धारबासीको सक्रियतामा पालेको चौरीको रगत र मासु विक्रीबाट बार्षिक हुने आम्दानी र खोप्रामा नै रहेको समुदायीक लजबाट हुने आम्दानीले विद्यालयका निजी स्रोतका शिक्षकको तलवभत्ता, विद्यालयको भौतिक पूर्वाधार मर्मत, शैक्षिक साम्रागी खरिदका साथै विद्यार्थीको शैक्षिक क्षमता विकास सम्बन्धि विभिन्न गतिविधिमा खर्च गरिएको वडा सदस्य धनबहादुर पाईजाले बताए । जाडोयाममा खोपारा लरेनी र जलजलामा र बर्खायाममा हिमालको काखमा लगेर चौरीलाई घुमन्ते शैलीमा हेरालुमार्फत पाल्दै आएको हेरालु जोशीराम पाईजाले जानकारी गराए ।

लेकमा रहेको प्राकृतिक स्रोतसाधनको प्रयोग गरेर रोजगारीसंगै विद्यालयलाई आर्थीक रुपमासहयोग गर्ने उद्देश्यले गाउँलेको पहलमा चौरी र सामुदायक लज सञ्चालन गरेको बताउछन् । चौरीपालन बाट र खोप्रा सामुदायिक लजबाट हुने आम्दानीबाट दुई विद्यालयको शिक्षकको तलवसंगै सामाजिक पुर्वाधार निर्माण गर्दै आएको छन् । लजबाट भएको आम्दानीको ६० प्रतिशत पाउद्धार र ४० प्रतिशत नागिलाई रहेको लजका अध्यक्ष राजेश तिलिजाले बताए ।यस बर्ष कोरोनाका कारण चौरीको रगत तथा मासु ब्यापार रोकिएको थियो ।

स्थानीय क्षेत्रमा भएको स्रोतसाधन प्रयोग गरेर गाउँको शिक्षामा गुणस्तर कामय गर्न समुदायले देखाएको यो सक्रियताको पाठ अन्य समुदायका नागरिकले पनी सिको गर्न सके सरकारी विद्यालयमा शिक्षका अभाव कम हुने देखिन्छ ।