बावियाचौरबाट सल्यान जाँदै गरेको बोलेरो जिप काफलचौरमा दुर्घटना, एकको मृत्यु, पाँच घाईते

  • १४ मंसिर २०७७, आईतवार
  • 3055 पटक पढिएको

म्याग्दी १४ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जिप दुर्घटनामा एकको मृत्यु भएको छ, भने ५ जना घाइते भएका छन् । बावियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश  २–०३००१च ०२५२  नम्बरको बोलेरो जिप भाइबाङ खोला नजिकको सडक बाट खसेर दुर्घटना भएको हो ।


दुर्घटनमा परेर जिपमा सवार ११ बर्षिय बालिका करिस्मा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनमा परि जिपका चालक ४२ बर्षका खुमबहादुर कटुवाल सहित पाँच जना घाईते भएका छन् । घाईतेहरु चालक कटुवाल र उहाँकी श्रीमती सुनिता क्षेत्री, जिपमा सवार सुकला केसी, कृपा क्षेत्री र राजन क्षेत्रीलाई उपचारको लागि बेनी अस्पतालतर्फ ल्याईएको छ ।