मंगला गाउँपालिकामा १५ शैयाको अस्पताल भवन शिलान्यास

  • १५ मंसिर २०७७, सोमबार
  • 1356 पटक पढिएको

म्याग्दी १५ मंसिर ।  म्याग्दीको मंगला गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । संघिय सरकारले एक स्थानीय तह एक अस्पताल योजना अन्र्तगत छनौट गरेको योजनालाई गाउँपालिकाले कार्यान्वयनमा अघि बढाएको हो । सोमबार मंगला गाउँपालिका –५ अर्मन स्वास्थ्य चौकी परिसरमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले अस्पताल भवनको शिलान्यास गर्नुभएको छ । गाउँपालिकाले स्वास्थ्य चौकीको नजीकै थप जग्गा व्यवस्थापन गरि अस्पताल निर्माण गर्न लागिएको जनाएको छ ।

नेपाल सरकारले देशभरका स्थानीय तहमा आधारभुत अस्पतालको पहुँच पु¥याउन महत्वपूर्ण योजना अघि सारेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिँदै छ । ५, १० र १५ शैयाँ अस्पताल निर्माण गर्न सरकारले देशभर एकैपटक शिलान्यास कार्यक्रम तय गरेको हो ।

अस्पतालल भवन शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगाना लगायत गाउँपालिकाका कर्मचारी, वडाका जनप्रतिनिधि र स्थानीयबासीहरुको समेत सहभागीता रहेको थियो ।