फिचर

शहरको कोरोना त्रासले नछोएको भेडीगोठको दैनिकी (फिचर)

कमल खत्री म्याग्दी १७ भदौ । अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइको छ । गोठबाट धवलागिरि हिमाल आँखै अगाडी उभ्यिए जस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे छ । बिगत दुई बर्षदेखि भेडापालनमा होमिएका हिमबहादुर छन्त्याल (देवान) यसै गोठलाई सम्हालेर बसेका छन् । यो दृष्य धवलागिरि आधार... पुरा पढ्नुहोस

करबाकेलीमा संग्रहालय भवन निर्माण

म्याग्दी, १५ भदौ । परम्परागत सामग्रीको संरक्षणसंगै पर्यटन प्रर्वद्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको काफलडाँडामा करबाकेली संग्रहालय भवन निमार्ण गरिएको छ । करबाकेली संरक्षण समितिको सक्रियतामा सरकारी निकायको सहयोगका साथै चन्दा संकलन गरेर संग्रहालय भवन निर्माण गरेका हुन् । दैनिक जीवन, रितीरिवाज, संस्कृति र रहनसहनमा आधारीत सामग्रीहरु संकलन गरेर राखिने... पुरा पढ्नुहोस

मनमोहक च्यामली आधार शिविर (फोटो कथा)

म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ र धवलागिरि ५ को सिमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) आधार शिविर । कुइनेमंगलेतर्फबाट धवलागिरि हिमालको आधार शिविर जाने पदमार्गले समेटिएको यस क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यस सिजनमा यहाँ परम्परागत भेडीगोठ र गाईका गोठहरु रहेका छन् । आँखै अगाडी ठोक्किन आउने धवलागिरि... पुरा पढ्नुहोस

५३ बर्षदेखि भेडाबाख्रा पालनमा जगत भण्डारी (भिडियोसहित)

  म्याग्दी, १ भदौँ । चाडपर्व, झरीबादल, हिमपात जस्तो अवस्थामा पनि भेडाबाख्राको साथमा रहेर जंगलमा घुमन्ते शैलीमा भेडाबाख्रा पाल्दै आएका रघुगंगा गाउँपालिका–२ राखु भगवतीका जगत भण्डारी दैनिकी भेडाबाख्रा गोठमा वितेको छ । भण्डारीले ५३ वर्षदेखि भेडाबाख्रा पाल्दै आएका छन् । भण्डारीका छोरा गोपाल भण्डारीले गोठालासहित ३५० भन्दा भेडाबाख्रालाई जंगलमानै दिनमा... पुरा पढ्नुहोस

मंगलाघाटमा बाढीको बितण्डा : एकदर्जन घरहरुमा क्षति

म्याग्दी ३१ साउन । बेनी नगरपालिका–७ स्थित मंगलाघाट बजारमा शुक्रबार राती अविरल बर्षासंगै माथिबाट आएको बाढीले एकदर्जन घरसहित विभिन्न पुर्वाधारमा जोखिम बढाएको छ । बेनी–अर्थुङ्गे सडकको भल कुरिलाखर्क र आँपरुख खण्डमा खसेको पहिरोमा मिसिएर मंगलाघाटमा निजी घर, खानेपानी आयोजना, धार्मिक स्थल महारानी थान, सत्यसाइकेन्द्र, खेलमैदान र सडकमा क्षतिसंगै जोखिम बढाएको... पुरा पढ्नुहोस

सिलाईकटाईबाट धनबहादुर परियारको जिविकोपार्जन

म्याग्दी, २९ साउन । परम्परागत सिलाईकटाईबाट जिविकापार्जन गरेका दलित समुदाय आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा पेशामा चुनौती बढेको छ । नयाँ पुस्ताले आधुनिक डिजाईन र फेशन खोजपछि परम्परागत प्रविधिबाट कपडा सिलाएर जिविकापार्जन गरेकाहरु जोखिममा परेका हुन् । दलित जातिहरूले गर्दै आएको पछिल्लो समय आर्थिक रूपमा सक्षम दलितसंगै अन्य जातिका नागरिकले... पुरा पढ्नुहोस

मराङको मर्का

सन्दीप खत्री म्याग्दी,२३ साउन । लगभग ७ वर्षको बालक । टाउको पुरै खौरिएको । विद्यालयको चौरलाई आफ्नै घरको आँगन सम्झिएर रुँदै यताउता दौडिरहेको दृश्यले एक्कासी मेरो ध्यान तान्यो । के कुरामा उसलाई चित्त बुझिरहेको थिएन आफू भन्दा केही उमेर बढीको बालिकासँग रोएर आफ्नो माग पुरा गर्दै थियो । एकछिन उ... पुरा पढ्नुहोस

मृगौला विरामीलाई बेनी अस्पतालमा डायलासिस सेवा संचालन

म्याग्दी, २१ साउन । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा मिर्गौला रोगबाट पीडित बिरामीका लागि डायलासिस सेवा सुरु भएको छ । जिल्लामा रहेका मृगौला विरामीहरु उपचारका लागि काठमाण्डौ, पोखरा र बागलुङ जानपर्ने समस्यालाई मध्यनजर गरेर गण्डकी प्रदेश सरकारको सहयोगमा डायलासियस सेवा संचालन गरिएको हो । संचालनपछि सेवा लिनका लागि विरामीहरु सम्पर्कमा... पुरा पढ्नुहोस

राखु भगवतीस्थित कटुवालटोल पहिरोको जोखिममा

म्याग्दी, १० साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीस्थित कटुवालटोल बस्ती पहिरो जोखिममा परेको छ । करिव ५० घरधुरीको बसोबास रहेको कटुवाल र हटिया गाउँलाई असर गर्दै खानपानीस्थितको जमिन चक्नाचक्ना पर्ने र पहिरो बगेपछि बस्ती जोखिममा परेको हो । अविरल बर्षासंगै घरवरिपरिको भिरालो जमिन चिराचिरा पर्दा, दिनदिनै बस्तीमुनी जमिन... पुरा पढ्नुहोस

पिप्लेमा वृक्षारोपण

म्याग्दी, ३१ असार । राष्ट्रिय वृक्षारोपण बर्ष २०७६/०७७ अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा कल्की, कपुर र धुवीका विरुवाहरु बुधबार रोपिएको छ । डिभिजन वन कार्यालय र रघुगंगा सव–डिभिजन वन कार्यालयको आयोजनामा बृक्षारोपण आयोजना गरिएको हो । फरेस्टर रामजी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको उपस्थितमा विरुवा रोपेर वृक्षारोपण... पुरा पढ्नुहोस