पुर्वाधार विकासले पर्यटकीय गन्तव्य बनेको झाँक्रीपानी ( तस्विरमा )

  • २५ आश्विन २०७७, आईतवार
  • धिरन खत्री
  • 193 पटक पढिएको

म्याग्दी, २५ असोज । पुर्वाधार विकासले मंगला गाउँपालिका– ४ मा रहेको झाँक्रीपानी आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । धौलागिरी हिमालसंगै निलगिरि, अन्नपुर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुच्छे लगायतका दर्जनौ हिमालहरु देख्न सकिने पर्यटकियस्थल झाँक्रीपानीमा पुर्वाधार विकासले आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो ।


प्राकुतिक सुन्दरताले भरिपुर्ण २ हजार ५ सय मिटर उचाईमा रहेको भाmँक्रीपानीमा सडक, भ्युटावर, होमस्टे लगायतको पुर्वाधारको विकासले प्राकृतिक दृष्य र स्थानीयबासीको जीवनशैलीको अध्ययन गर्न पछिल्लो समय आन्तरिक पर्यटकहरुको संख्या बढेको स्थानीयबासी तथा होमस्टे संचालक समितिका अध्यक्ष राजकुमार थापामगरले बताए । कोरना कारण ब्यवस्थित रुपमा होमस्टे संचालनमा ढिलाई भएको जानकारी दिए ।


हिमालसंगै जिल्लाका दर्जनौ ग्रामिण बस्तीको दृष्य र स्थानीय कलासस्कृति, भेषभुषा लगायतको अवलोकन गर्न सकिन्छ । पर्यटकिय सम्भावना बोकेको झाँक्रीपानीमा गाउँपालिकाले सडक, भ्युटावर निर्माण र होमस्टे संचालनका तालिम लगायतको सुविधा दिएको उपाध्यक्ष सिर्जना केसीले बताईन । प्रदेश र संघ सरकारसंग समन्वय गरेर पर्यटन पुर्वाधार विकास गरिएको उपाध्यक्ष केसीले बताईन । उनले यहाँको कलासस्कृतिको संरक्षण र स्थानीय उत्पादन प्राथमिकता दिएर ब्यवस्थित रुपमा होमस्टे संचालन गरेर आम्दानी स्रोत बनाउन स्थानीयबासीलाई आग्रह गरिन ।


पुर्वाधार विकाससंगै आन्तरिक तथा बाह्य पर्यटक दुई÷ तिन दिनसम्म बस्न मिल्ने बातावरण बनाउन स्थानीयबासीको भुमिका महत्वपुर्ण हुने लायन्स क्लव अफ बेनी पिस सिटिका संस्थापक अध्यक्ष राजेश शाक्यले बताए । प्राकृतिक दृष्य, गाउँले जीवनशैली, अगार्नीक खानासंगै होटल तथा लजको सुविधा पर्यटकको रोजाईमा देखिन्छ ।


सदरमुकाम बेनी देखि बगरफाँट, बास्कुना, थामडाडा हुदै बरंजाको विभिन्न गाउँहरु दृष्य अवलोकन गर्दै यातायात सुविधाबाट झाँक्रीपानी पुग्न सकिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l