पर्यटकलाई लोभ्याउने खोपारा (खोप्रा) लेक (फोटोफिचर )

  • २० आश्विन २०७७, मंगलवार
  • धिरन खत्री
  • 2829 पटक पढिएको

धिरन खत्री
म्याग्दी, २० असोज । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ स्थित पर्यटकियस्थल खोपारा(खोप्रा) लेक ३ हजार ६६० मिटर उचाईमा रहेको छ । शान्त वातावरण, हिमाल, हिमालबाट निरन्तर बगिरहने दुधे झरना, र शितल हावा जस्ता जैविक विविधताले खोपारा लेक सजिएको छ ।


प्राकृतिक सुन्दरताले समेटिएर बनेको खोपारा डाडाँबाट सुर्योदय संगै मोहित तुल्याउने गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, निलगिरि, अन्नपूर्ण लगायतका दर्जनौ हिमाल छर्लङ्ग देखिन्छन्। खोपारासंगै हासेको हिमाल, चौरी, भेडा गोठ, डाडाँ वरीपरी जंगल र कुहिरोको लुकामारीले पर्यटकलाई आनन्द दिलाउछ । हिमालसंगै खोपारा वरिपरी लालीगुरासँको वनजंगल, वन्यजन्तु थप आकर्षण आन्तरिक तथा बाह्य पर्यटकको बनेको खोपारा सामुदायिक लजका कर्मचारी आदेश तिलिजाले बताए ।


समुन्द्रि सहतदेखि ४ हजार ७ सय मिटर उचाईमा रहेको प्रसिद्ध धार्मिकस्थल खयरभारानीमा पछिल्लो समय पुग्ने धार्मिक पर्यटकको पहिलो बसाई खोपारा बसाई हुने गर्दछ । विहानी मिरमिर उज्यालोमा खयरभारानीको यात्रा गर्ने पर्यटकलाई दन्ते रहरको हिमालले यात्रालाई आनन्द दिलाएको त्यहाँ पुगेका आन्तरिक पर्यटकले बताए । नाठी हिमाञ्चल मावि र पाउद्वारको पाउद्वार माविका निजि शिक्षकको तलव जुटाउन खोपारा लेकमा वरीपरि पालिएका २ सय भन्दा बढी चोरीलाई थप आकर्षणको रुपमा पर्यटकले लिने गरेका छन् ।


धार्मिक तथा पर्यटकीय गन्तव्य खयरभारानी र खोपारामा पुग्ने पर्यटकलाई लक्षित गरेर खोपारा र खयरखोलामा होटल, पदमार्ग, खानेपानी, इन्टरनेट सुविधा चन्दा तथा सहयोग संकलनबाट पुर्वाधार निर्माण गरिएको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका अध्यक्ष राजु पुनले बताए ।


मगर कलासस्कृति, जीवनशैलीसंगै प्राकृतिक सौन्दर्यतामा रमाउन पुग्ने पर्यटकलाई लक्षित गरेर खोपारा लेकमा खान बस्नका लागि सामुदायिक लज संचालन गरिएको छ । सदरमुकाम बेनीदेखि पोखरेबगरबाट उकालो हुदै प्रवेशद्धारमा मगर सस्कृतिले भरिपुर्ण गुचुप्प बस्ती पाउद्वार गाउँ र लरेनीमा खानबस्नको लागि स्थानीयले होटल संचालन गरेको कोषका सचिव धनबहादुर पाईजा पुनले बताए ।
पर्यटकियस्थल खोप्रामा पुग्ने पर्यटकलाई लक्षित गरेर खोप्रा लेकमा सामुदायिक लज संचालन गरिएको छ। समुदायको सक्रियतामा विभिन्न दाताहरुको सहयोगमा सामुदायिक लज निर्माण गरिएको खोप्रा सामुदायिक लज संचालन समितिका अध्यक्ष राजेश तिलिजाले बताए ।


तिलिजाका अनुसार,– हालसम्म १२ कोठा डवल बेड भएको रुम संचालनमा छ,भने महाविर पुनको सक्रियतामा फ्रान्स दाताको सहयोगमा ८ कोठे रुपमा भवन निर्माण भएपनि कोठा पुर्ण रुपमा निर्माण नभएको बताए । विदेशीको सहयोगमा अर्को भवन निर्माण कार्य सुरु भएको छ।


कोरना कारण विदेशी पर्यटकहरुको चहलपहल नभएपनि आन्तरिक पर्यटकहरुको चहलपहल भईरहेका छ । खयरभारानी मन्दिर दर्शनका लागि जनैपुर्णिमा र खोपारा लेक घुम्नका लागि असोज कार्तिक र चैत बैशाखको समयमा बाह््य तथा आन्तरिक पर्यटक आउने गरेको स्थानीय बताउछन् । पर्यटकको सिजनमा यहाँको लज सुविधा नपुग्दा पर्यटक फर्किने गरेको लजका कर्मचारी आदेश तिलिजाले बताए ।


पर्यटकीयस्थल खोप्रालेकमा सहज रुपमा जानका लागि समुदायकै पहलमा पदमार्ग, चौतारी र खानेपानीको समेत बन्दोबस्त गरिएको छ । जंगल, भिर र अप्ठ्यारो पहाडको बाटोमा आफ्नो दिवंगत भएका आफन्तको सम्झनामा स्थानीयले व्यवस्थित पदमार्ग, चौतारा लगायतका पूर्वाधार निर्माण गरेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l