ताजा अपडेट

ताकमकोतमा जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माण सुरु

ताकम २ वैशाख । धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरको पुनःनिर्माण सुरु भएको छ । १६ औ शताब्दीमा तत्कालिन थापा राजाले निर्माण गरेको मन्दिर वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो । स्वदेश तथा विदेशमा चन्दा सहयोग जुटाएर सुरु... पुरा पढ्नुहोस

किन रोकियो मोना–बेनी–लभ्लिहिल पदमार्ग निर्माण ?

बेनी २ बैशाख । स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालीत म्याग्दीको मोना–बेनी–लभ्लिहिल पदमार्ग अलपत्र बनेको छ । गत भदौमा शिलन्यास भएर चार महिनापछि पुष पहिलो हप्तादेखि निर्माण सुरु भएको बेनी देखि पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक महिनादेखि रोकीएको छ । साझेदार निकायबीचको असमझदारी... पुरा पढ्नुहोस

मुना स्वास्थ्य चौकीमा औषधी अभाब

बेनी २ वैशाख ।  म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको स्वास्थ्य चौकीमा सिटामोल लगायतका अत्याबश्यक औषधीको अभाब भएको छ । गाउँपालिका मार्फत औषधी खरिदमा ढिलाई हुँदा स्वास्थ्य चौकीमा औषधीको अभाब भएको हो । स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी निःशुल्क उपलब्ध हुने भएपनि अहिले ३ प्रकारका औषधी मात्रै रहेको स्वास्थ्य चौकीका अहेब... पुरा पढ्नुहोस

बाबियाचौरमा खेलकुद प्रतियोगिता सम्पन्न

बाबियाचौर १ बैशाख । मंगला गाउँपालिका २ बाबियाचौरमा शनिबार चैत्र महाअस्टमी पर्वको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मंगला युवा क्लवले आयोजना गरेको मेला अन्तरगत २२ समूह सहभागि पुरुष भलिबल प्रतियोगितामा रुम खवाङ प्रथम र सिमलचौर युथ क्लव दृतीय भएका छन् । ६ समूह सहभागि महिला भलिबल... पुरा पढ्नुहोस

असिनाले खेतीबाली नष्ट

  बेनी १ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ४ बगरमा शनिबार साँझ परेको असिनाले खेतीबाली नष्ट गरेको छ । बगर, नाउरा, सिम्कोश गाउँमा करिब तीस मिनेट परेको असिनाले गहुँ, जौ, उवा, केराउ लगायत हिउँदेबाली नष्ट गरेको हो । यसैगरी तरकारी, फलफुल, बर्खे मकै र आलुका बोट असिनाले चुटेर क्षति पु¥याएको... पुरा पढ्नुहोस

गलेश्वर ठुलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा पुन्य चोखाल

म्याग्दी, ३० चैत । गलेश्वर ठुलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा पुन्य चोखाल सर्वसम्मत चयन भएका छन् । बेनी नगरपालिका–९ स्थित रहेको गलेश्वर ठुलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिको २३ औँ साधारणसभा तथा ८ औ अधिवेशनबाट पुनः पुन्य चोखालको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा शान्ति चोखाल,... पुरा पढ्नुहोस

पर्यटन महोत्सव : समयसिमाभित्र कार्यक्रम नसकेको भन्दै प्रशासनको हस्तक्षप

बेनी, ३० चैत । बेनीमा ग्रामीण सामुदायिक विकास मञ्चद्धारा सञ्चालित  रेडियो म्याग्दी १०४.४ मेगाहर्जले ११ औँ बार्षिकोत्सव र नयाँ बर्षको अवसरमा आयोजना गरेको प्रथम पर्यटन महोत्सवमा प्रशासनले हस्तक्षप गरेको छ । चैत २३ गतेबाट सूरु भएको महोत्सवलाई छोट्याएर सम्पन्न गर्न निर्देशन दिएको प्रशासनले शनिवार विहानदेखि महोत्सव स्थलमा हस्तक्षप गरि महोत्सवलाई बन्द... पुरा पढ्नुहोस

समायोजनले रित्तिय म्याग्दीका गाउँपालिकामा कर्मचारी

कमल खत्री बेनी, ३० चैत । म्याग्दीको धवलागिरी गाउँपालिकामा स्थानीय तहका १७ जना कर्मचारीको दरबन्दी छ । तर कर्मचारी समायोजनले गाउँपालिका कर्मचारी विहिनको अबस्थामा पुगेको छ । अधिकाँश शाखामा दरबन्दीका कर्मचारीको अभाब छ । प्रशासन, पूर्वाधार, सामाजिक तथा आर्थिक विकास, शिक्षा तथा खेलकुद शाखामा कर्मचारी छैनन् । गाउँपालिकामा अहिले लेखा... पुरा पढ्नुहोस

तातोपानी कुण्डलाई सरसफाइयुक्त बनाउन सामग्रीहरु सहयोग

प्रताप बानियाँ म्याग्दी, चैत २९ – म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डलाई शुक्रबार सरसफाइका सामग्रीहरु सहयोग भएको छ । नेपाल स्वच्छ वातावरण अभियान अन्तर्गत सार्वजनिक स्थल गाउँ÷नगर सरसफाई कार्यक्रमबाट डिभिजन वन कार्यालय म्याग्दीले सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेको हो । अभियान अन्तर्गत कार्यालयले तातोपानी कुण्ड व्यवस्थापन समितिलाई सरसफाइका लागि आवश्यक... पुरा पढ्नुहोस

बावियाचौरमा आधारभूत पत्रकारिता तालिम

चैत २९ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा शुक्रवार देखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । मंगला गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा दुइदिने तालिमको आयोजना गरिएको हो । शनिवार सम्म सञ्चालन हुने तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गरेका... पुरा पढ्नुहोस