काग्रेस निकट महिला संघ म्याग्दीको पशिक्षण

  • १० भाद्र २०७६, मंगलवार
  • 1592 पटक पढिएको

म्याग्दी, १० भदौ । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औँ स्मृति दिवस बेनीमा विविध कार्यक्रम गरि मनाएका छन् । नेपाल महिला संघ म्याग्दीले आयोजित कार्यकता भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाले महिला गर्ने सामाजिक विवेद हटाउनुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य कमला पन्तले समाजमा हुने महिला माथीको दमन हटाउन लाग्नुपर्ने बताईन । उनले संविद्यानमा ३३ प्रतिशत महिला अधिकार भएपनी त्यो प्रभावकारी कार्यान्वयनमा आउन नसकेको बताईन ।
कार्यक्रममा नेपाली काँग्रसका म्याग्दी सभापती खम्बीर गर्बुजाले कम्युनिष्ट सरकारले नै महिला माथी अन्याय गरेको बताउदै महिलाको अधिकारका लागी काँग्रेसले सधै लागी वर्ने बताए ।
नेपाली काँग्रेस म्याग्दीका निर्वतमान सभापती तथा पूर्व साँसद रेशम बहादुर बानिया, नेपाल ट्रेड युनियन काँग्रेसका पूर्व राष्ट्रिय उपाध्यक्ष रिता खना, महिला संघकी पूर्व महासचिव शारदा पौडेल, नेपाल महिला संघ बाग्लुङकी अध्यक्ष शकुन्तला शर्मा, पर्वतकी सचिव मन लामिछानेले मन्तव्य राखेका थिए ।
महिला संघकी अध्यक्ष बिमला गौचनको अध्यक्षता, उपाध्यक्ष निर्मला श्रेष्ठको स्वागतमा भएको कार्यक्तमको संचालन सचिव सृजना श्रेष्ठले गरेकी थिइन । प्रशिक्षणको अवसरमा दर खाने कार्यक्रम पनि रहेको थियो ।