संसारकै लामो बिरेठाँटी–मुक्तिनाथ केवलकारको डीपीआरको तयारी (भिडियो सहित)

  • १२ भाद्र २०७६, बिहीबार
  • 3079 पटक पढिएको

कमल खत्री
म्याग्दी ११ भदौ । प्रसिद्ध धार्मिक स्थल मुक्तिनादेखि कास्कीको बिरेठाँटी सम्मको संसारकै लामो केवलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न लागिएको छ । मुक्तिनाथ दर्शन प्रा.लि.ले निर्माण गर्न लागेको यस केवलकार परियोजनामा सम्भाव्यता अध्ययन र प्रारम्भिक सर्भेको काम सकेर डीपीआर तयार गर्न लागिएको हो । अष्ट्रेलियाको जहाज ल्याएर ‘लाइडर’ प्रविधिबाट सर्भे गरिसकिएको र चार महिनाभित्र डीपीआर तयार गरिसक्ने गरि काम अघि बढेको मुक्तिनाथ दर्शन प्रा.लि.का अध्यक्ष अरुणकुमार सुवेदीले जानकारी दिए ।

‘‘ हामिले यस परियोजनालाई मुलुकको समृद्धिसंग जोडिनेमा ढुक्क छौँ, सर्भेदेखि नै अधिकतम प्रविधिको प्रयोग थालेका छाँै, पुर्व– पश्चिम रेल मार्ग र बबै डाइभर्सनमा मात्रै सरकारले लाइडर सर्भे गरेको थियो, नीजि क्षेत्रबाट सञ्चालीत आयोजनमा हामिले गरेको लाइडर सर्भे नै नेपालको पहिलो लाइडर सर्भे हो’’–उनले भने । केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच एक बर्ष अघि समझदारी भएको थियो । करिब ८४ किलोमिटर लामो कास्की, म्याग्दी र मुस्ताङ जिल्लाका ५ गाउँपालिकालाई समेट्ने यस केवुलकार पाँच बर्षभित्र निर्माण सम्पन्न गर्न लक्ष्य लिइएको छ ।

८३ दशमलव ८७ किलोमिटर लम्बाइ रहने उक्त केवलकारमा १९ वटा स्टेशन रहनेछन । शुरुवातको स्टेशन विरेठाँटी रहने यस केवलकारमा तिखेढुङ्गा हुँदै म्याग्दीको घोडेपानी, शिख, घार, चारच्याङ, घासा , लेते, कोवाङ ,मार्फा, जोमसोम, कागबेनी हुँदै अन्तिम स्टेशन मुक्तिनाथमा रहने गरि सर्भे गरिएको अध्यक्ष सुवेदीले बताए । ‘‘केवलकारले कास्की र मुक्तिनाथको बिचका अन्य क्षेत्रहरु ओझेलमा पर्ने चासो आएको छ, तर व्यवहारत यो परियोजनाले समग्र मुलुकसंगै खासगरि गण्डकी र धवलागिरी क्षेत्रको पर्यटन विकासमा ठुलो योगदान दिन्छ, सुर्योदय र सुर्यास्त सम्म मात्रै केवलकार सञ्चालन हून्छ, तल्लो स्टेशनदेखि अन्तिम स्टेशन सम्मको दुरी करिब ४ घण्टाको छ, सुर्यास्तसंगै हरेक स्टेशनमा बक्स अनिबार्य रोकिन्छन, स्टेशन रहने सबै क्षेत्रमा हरेक दिन पर्यटकहरुको बसाई र चहलपहल हुने निश्चित छ’’–उनले भने ।
                                                         कहाँ –कहाँबाट चढ्न र ओर्लन पाईन्छ ?
यो केवलकार रेखामा रहने स्टेशनहरुमध्ये घोडेपानी, नारच्याङ्ग, लेते, कोबाङ, जोमसोम र कागबेनीमा अनिबार्य रुपमा मानिस ओर्लिएर अर्को केवलकारको बक्समा चढ्नेछन भने अन्य स्टेशनहरुमा व्यक्तिको आबश्यकताको आधारमा ओर्लने र चढ्ने सुविधा रहनेछ । सुरु र अन्त्य सहित आठवटा स्टेशनमा यात्रुहरु अनिवार्य रुपमा झर्नुपर्ने र वक्स परिवर्तन गर्नुपर्नेछ भने १० वटामा यात्रुहरुले चाहेको खण्डमा चढ्न र झर्ने गर्न पाउनेछन । एउटा मात्रै टेक्निकल स्टेशन रहने प्रा.लिले जनाएको छ । नारच्याङमा प्रस्ताब गरिएको स्टेशनलाई मध्यपहाडी र कालिगण्डकी करिडोर हुँदै भित्रने पर्यटकहरुको प्रस्थान पोइन्टको रुपमा हेरिएको छ । दु्रत गति र वातावरणमैत्री यातयात मानिने केवलकारप्रति पछिल्लो समय लगानी कर्ताको चासो बढीरहेको छ ।

                                                                      ५० अर्ब लागत, लगानीको अवसर
कूल लागत करिब रु ५० अर्ब हुने यस आयोजनामा २० प्रतिशत सम्म स्वदेशी लगानी र ८० प्रतिशत वैदेशिक ऋण लगानी हुने पक्षेपण गरिएको छ । आयोजनमा प्रभावित क्षेत्रका स्थानीय व्यक्तिहरुसंगै स्वदेशी लगानीकर्ताहरुलाई समेत लगानीको लागि आह्वान गरिनेछ । थोरै–थोरै पुँजी भएका लगातीकर्ताहरुलाई समेत सामुहिक लगानीको रुपमा आह्वान गरिएको प्रा.लिका अध्यक्ष सुवेदीले बताए । यात्रु बोक्ने विश्वकै लामो र हिमालय भेगसम्मलाई समेट्ने यस केवलकारले विश्वर नेपालको प्रचार प्रसार गरि मुलुकको दिर्घकालिन पर्यटन विकासमा टेवा पुग्ने प्रवद्र्धकहरुको भनाई छ ।

                                                                               समुदायको चासो बुझ्दै लगानीकर्ता
बिरेठाँटीदेखि म्याग्दीको घोडेपानी हुँदै मुस्ताङको मुक्तिनाथ जोड्ने गरि निर्माण गर्न लागिएको केवलकार परियोजनकाका लगानीकर्ताहरुले आयोजना प्रभावित क्षेत्रका स्थानीयसंग छलफल गर्न थालेका छन् । आयोजनाको निर्माणकर्ता मुक्तिनाथ दर्शन प्रा.लिका प्रतिनिधिहरुको एक टोलीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ नम्बर वडा घारामा स्थानीयबासी र सरोकारवालासंग छलफल गरेका छन् । प्रा.लि.का अध्यक्ष अरुणकुमार सुवेदीको नेतृत्वमा आएको टोलीले दुई वटा वडाका जनप्रतिनिधि र स्थानीयबासीसंग आयोजनाले यस क्षेत्रको पर्यटन विकासमा पार्ने सकरात्मक प्रभाब र पर्यटन विकासको सम्भावनाबारे जानकारी गराएका थिए ।

टोलीसंग स्थानीयबासीले पर्यटकीय बस्ती शिख, घार लगायतको क्षेत्रमा अनिवार्य रुपमा स्टेशन राख्नुपर्ने माग गरेका थिए । स्थानीयबासीले स्टेशनसंगै आयोजनामा रोजगारिको अवसर र प्रभावित हुने जग्गाको मुआब्जा दिनुपर्ने माग गरेको अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । गाउ कार्यपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष बरुवालका अनुसार, मुक्तिनाथ क्षेत्रलाई लक्षित गरि निर्माण गर्न लागिएको केवलकारले अन्नपूर्ण गाउँपालिकामा पर्यटन विकास गर्न थप टेवा पु¥याउने भन्दै स्थानीयले आयोजनालाई सकरात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यो केवलकारले कास्कीदेखि सिधै पर्यटकलाई मुक्तिनाथ पु¥याउँदा पर्वत, बागलुङ र म्याग्दीमा यसले दिर्घकालिन रुपमा नकरात्मक प्रभाब पार्ने भन्दै यस क्षेत्रका कतिपय पर्यटन व्यवसायि र सरोकारवालाहरुले यस आयोजनामा फरक मत समेत राख्दै आएका छन् ।