पर्यटन बर्ष सफल बनाउन जिल्लास्तरीय उपसमिति गठन

  • ११ भाद्र २०७६, बुधबार
  • 2187 पटक पढिएको

 

म्याग्दी, ११ भदौँ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटन बर्ष २०१९ देखि २०२२ सम्मलाई सफल बनाउन म्याग्दीमा जिल्लास्तरीय पर्यटन प्रर्वद्धन उपसमिति गठन गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कुटवालको अध्यक्षतामा ९ सदस्यीय पर्यटन प्रर्वद्धन उपसमिति गठन गरिएको हो ।

सदस्यहरुमा जिससका उपप्रमुख लोकबहादुर मल्ल, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, संघका पर्यटन संयोजक राजेश शाक्य, होटल ब्यवसायी संघका अध्यक्ष बावुराम आचार्य, उपाध्यक्ष अनु पुन सदस्यमा रहेका छन् । भने सदस्य सचिवमा जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइराला छन् ।

त्यसै जिल्लामा स्थानीय तहहरुमा समेत पालिकास्तरीय पर्यटन प्रर्वद्धन उपसमिति गठन गर्न आग्रह गरिएको जिसस प्रमुख केसीले बताए । उनका अनुसार पालिका हुदै जिल्लास्तरीय पर्यटन प्रर्वद्धन उपसमितिले विभिन्न पर्यटन विकास योजना छनोट गरे गण्डकी प्रदेश सरकारलाई सिफारिस गर्ने जानकारी दिए ।

गण्डकी प्रदेशका पर्यटन विकास मन्त्री विकास लम्सालको उपस्थितमा बेनीमा म्याग्दीको पर्यटन विकास सम्वन्धी बहृत अन्तरक्रिया कार्यक्रम संचालन गर्ने तयारी गरिएको जिल्ला समन्वय अधिकारी कोइरालाले बताए ।
यसैविच म्याग्दीमा पर्यटन विकास लागि जिल्लास्तरीय पर्यटन प्रवद्र्धन उपसमितिका अध्यक्ष केसीले पत्रकारसंग अन्तरक्रिया गरेका छन् ।