मल्कबाङ्ग समाज युकेको बार्षिक भेटघाट, विभिन्न व्यक्तित्व सम्मानित

  • ११ भाद्र २०७६, बुधबार
  • 3411 पटक पढिएको

म्याग्दी ११ भदौ । युकेमा रहेका म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङ्गबासीहरुको साझा संस्था मल्कबाङ्ग समाज युकेको चौथो बार्षिक घेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । बेलायतको रेडिङ शहरमा सम्पन्न भएको उक्त कार्यक्रममा मल्कबाङ्ग समाज युकेका अध्यक्ष शेर छन्त्याल, उपाध्यक्ष टिका पुर्जा र नेपाल देखी आउनुभएका पाहुना शुक बहादुर छन्त्याले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा मल्कबाङ्ग मलम्पार निवासी डाक्टर किशोर छन्त्याललाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा बेलायतमा हुने नेपाली हरुको भलिबल खेलमा यो सिजनको उत्कृष्ट खेलाडी बन्न सफल खेलाडी मल्कबाङ्ग समाज युकेका सदस्य मल्म्पार निवासी बबिन छन्त्याल, शैक्षिक क्षेत्रमा, भर्खरै स्नातकोत्तर तह उर्तिण गर्नुभएका दिपेश छन्त्याललाई समाजको तर्फबाट सम्मान गरिएको थियो ।

त्यसैगरि भ्रमणको क्रममा युेकमा पुगेका रघुृगंगा गाउँपालिका–८ कुईनेका शुकप्रसाद छन्त्याल र उहाँकी धर्मपत्नी उदेवी छन्त्याललाई खादा लगाएर स्वागत गरिएको थियो । मल्कबाङ्ग समाज युकेका महासचिव बिर छन्त्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा मल्कबाङ्ग समाज युकेका ब्यबस्थापन साथै सल्लाहकार खगेन्द्र पुर्जा (अकेला) ले मन्तव्य दिनुभएको थियो ।

त्यसैगरि डाक्टर किशोर छन्त्यालले आफुलाई मल्कबाङ्ग समाज युकेले दिएको सम्मान प्रती हर्सित बनाएको बताउँदै समाजको अझ उन्नति र प्रगतिको कामना गर्नुभएको थियो । कार्यक्रममा मल्कबाङ्ग समाजका अध्यक्ष शेर छन्त्यालले आफ्नो जन्म भुमी प्रतिको बिकास विद्यालयको बारेमा निरन्तर अगाडि लाग्ने र बर्षेनी प्रदान गरिने मोतीलाल पुरस्कारको लागी यो बर्ष भित्र छुट्टै मोतीलाल कोष स्थापना गर्ने बताउनुभएको थियो । उक्त कोषको लागी छिट्टै अभियान चलाउने जानकारकारी गराउनुको साथै यो बर्षको मोतीलाल पुरस्कार हाल अष्ट्रेलियामा कार्यरत मल्कबाङ्ग निवासी उत्तम छन्त्याल ज्यु बाट प्रदान हुन जानकारी गराउनुभएको थियो ।