म्याग्दी समाचार

ओलीको प्रतिगमनको विरोधमा म्याग्दी काँग्रेसको अहिलेसम्मकै ठुलो जनप्रदर्शन (भिडियाे)

  https://www.youtube.com/watch?v=KKczNiC9BMM म्याग्दी ३ फागुन । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस म्याग्दीले अहिलेसम्मकै ठुलो जनप्रदर्शन गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित भएको काँग्रेसले विभिन्न चरणमा आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । सोमबार बेनीमा... पुरा पढ्नुहोस

प्रतिगमनको विरुद्धमा नेपाली काँग्रेस म्याग्दीको बृहत विरोध प्रदर्शन (फोटोफिचर)

म्याग्दी ३ फागुन । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस म्याग्दीले बेनीमा बृहत जनप्रदर्शन गरेको छ । गाउँ गाउँबाट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई बेनीमा ल्याएर काँग्रेस म्याग्दीले सोमबार बृहत प्रदर्शन गरेको हो । बेनीको विरेन्द्रचोकबाट निस्केको ¥यालीले बजारको न्यूरोड, क्याम्पसचोक, अस्पतालचोक, संगमचोक हुँदै... पुरा पढ्नुहोस

जनता माविका जग्गादाता पुनको उपचारमा रु १ लाख १८ हजार बढी सहयोग हस्तान्तरण

म्याग्दी २ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम स्थित जनता माविका जग्गादाता हस्तराम पुनको उपचारमा रु १ लाख १८ हजार बढी सहयोग गरिएको छ । सार्कोमा नामक क्यान्सरबाट पीडित हुनुभएका पुनको उपचारमा थप सहयोग होस भन्ने अभिप्रायको साथ जनता माध्यमिक बिद्यायलले सञ्चालन गरेको आर्थिक सहयोग सँकलन अभियानमा यु के, हङकङ... पुरा पढ्नुहोस

म्याग्दीमा कोरोना विरुद्धको ‘पहिलो चरणको दोस्रो प्राथमिकता’खोप अभियान सञ्चालन (तस्बिर/भिडियाे)

म्याग्दी २ फागुन । म्याग्दी सदरमुकाम बेनीमा कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोप अभियान सञ्चालन भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले गण्डकी प्रदेश सरकारको सहयोगमा अग्रपंतिमा खटिने कर्मचारी, जनप्रतिनिधि, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, पत्रकार र सुरक्षाकर्मी समेतलाई खोप लगाउन ‘पहिलो चरणको दोस्रो प्राथमिकता’ खोप अभियान सञ्चालन गरेको हो । यस... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा शान्तिकोषलाई ५० हजार सहयोग

म्याग्दी २ फागुन । बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तुलसी आचार्यले जन्मदिनका अवसरमा म्याग्दीको ओमकुमारी शान्तिकोषलाई रु ५० हजार नगद सहयोग गर्नुभएको छ । कोषको अगुवाईमा गरिब तथा विपन्नहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको अक्षयकोषमा आचार्य र उहाँको श्रीमान भिमप्रसाद आचार्यले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।... पुरा पढ्नुहोस

सपनाले दिईन् बस्नेत विरुद्ध प्रहरीसमक्ष जाहेरी

काठमाडौं २ फागुन । आफूलाई विनयजंग बस्नेतले युटुबमार्फत धम्की दिएको भन्दै सपना रोकामगरले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी १८ वर्षीया सपनालाई नांगो तस्बिर र भिडियो सार्वजनिक गरिदिने भन्दै बस्नेतले धम्की दिएपछि सपना उजुरी लिएर प्रहरीसमक्ष पुगेकी हुन् । युटुबका अन्तर्वार्ताहरुमा बस्नेतले सपनालाई सार्वजनिक... पुरा पढ्नुहोस

मोना अन्तराष्ट्रियको छैठौं बार्षिक साधारणसभा, पुर्नबास अभियानलाई समयमै सक्ने प्रतिबद्धता

म्याग्दी १फागुन ।       म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले बाढीपहिरो पीडितलाई नयाँ घर बनाउने अभियानलाई समयमै सक्ने प्रतिबद्धता जनाएको छ । शुक्रबार भर्चुअलमाध्यमबाट सम्पन्न भएको छैठौं बार्षिक साधारणसभाको अवसरमा बाढीपहिरोबाट विस्थापित भएकालाई पुनर्वास गराउन भइरहेको प्रयासबाट सन्तुष्ट रहेको बताउँदै मोनाले जिल्लाभर ४० घरको जिम्मा लिएकाले केही... पुरा पढ्नुहोस

उत्पादन र उद्योगबाट जिल्लाको आर्थिक विकास सम्भव : अध्यक्ष कटुवाल (अन्तर्वार्ता)

म्याग्दी उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष बेलबहादुर कटुवालसंग समृद्ध साप्ताहिक र म्याग्दीअनलाईन डटकमका सम्पादक कमल खत्रीले गर्नुभएको कुराकानी । १) यहाँलाई स्वागत तथा म्याग्दी उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । धन्यबाद २) म्याग्दी उद्योग बाणिज्य संघको नेतृत्व सम्हाल्नुभएको छ । जिल्लामा उद्योग र व्यापार क्षेत्रको विकासमा कस्तो... पुरा पढ्नुहोस

खुलेको अन्नपूर्ण हिमाल ( तस्बिर)

बेनी, ३० माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट देखिएको खुलेको अन्नपूर्ण हिमाल । पछिल्लो साता परेको हिमपातको कारण हिमालमा हिउँ बढेपछि हिमाल मनमोहक देखिने गरेको छ । तस्बिर कमल खत्री पुरा पढ्नुहोस

रामकुमारी झाँक्रीलाई पक्राउ गरेको विरोधमा बेनीमा मौन ¥याली (तस्बिर सहित)

  https://www.youtube.com/watch?v=SGvBzYZDXvI म्याग्दी २९ माघ । नेकपाको प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको विरोधमा बेनीमा मौन ¥याली गरिएको छ । राष्ट्रपतिको भुमिकाबारे टिप्पणी गरेको आधारमा प्रहरीले विहिवार दिउँसो झाँक्रीलाई उहाँकै निवासबाट पक्राउ गरेको थियो ।सरकारको दमन बढेको अभिव्यक्ति स्वतन्त्रता माथि अंकुल लगाउन खोजेको भन्दै प्रचण्ड नेपाल पक्षले... पुरा पढ्नुहोस