सपनाले दिईन् बस्नेत विरुद्ध प्रहरीसमक्ष जाहेरी

  • २ फाल्गुन २०७७, आईतवार
  • 1610 पटक पढिएको

काठमाडौं २ फागुन । आफूलाई विनयजंग बस्नेतले युटुबमार्फत धम्की दिएको भन्दै सपना रोकामगरले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी १८ वर्षीया सपनालाई नांगो तस्बिर र भिडियो सार्वजनिक गरिदिने भन्दै बस्नेतले धम्की दिएपछि सपना उजुरी लिएर प्रहरीसमक्ष पुगेकी हुन् ।


युटुबका अन्तर्वार्ताहरुमा बस्नेतले सपनालाई सार्वजनिक रुपमै धम्की दिएपछि केही दिनअघि सपना निवेदन लिएर गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष पनि पुगेकी थिइन् । गृहमन्त्रीकै सुझावका आधारमा आज सपना जाहेरी लिएर काठमाडौं प्रहरीसमक्ष पुगेका हुन् । जाहेरी प्राप्त भएको भन्दै काठमाडौंका एसएसपी अशोक सिंहले बस्नेतलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिन लागिएको जानकारी दिए ।

बेवारिसे शव जलाएर चर्चामा आएकी सपना बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेपछि बस्नेतले अनेक ढंगले मानसिक यातना दिँदै आएको उनले बताएकी छन् । उनले बस्नेतसँगै मिलेर बेवारिसे शव जलाउने गरेकी थिइन् ।