ओलीको प्रतिगमनको विरोधमा म्याग्दी काँग्रेसको अहिलेसम्मकै ठुलो जनप्रदर्शन (भिडियाे)

  • ३ फाल्गुन २०७७, सोमबार
  • 892 पटक पढिएको

 

म्याग्दी ३ फागुन । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस म्याग्दीले अहिलेसम्मकै ठुलो जनप्रदर्शन गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित भएको काँग्रेसले विभिन्न चरणमा आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ ।

सोमबार बेनीमा जिल्लाको ६ वटै स्थानीय तहबाट ठुलो संख्यामा कार्यकर्ताहरुलाई बेनीमा ल्याएर काँग्रेसले प्रतिगमन विरुद्ध शक्ति प्रदर्शन गरेको हो । बेनीको विरेन्द्रचोकबाट निस्केको ¥यालीले बजारको न्यूरोड, क्याम्पसचोक, अस्पतालचोक, संगमचोक हुँदै विरेन्द्रचोकमा आएर सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा काँग्रेस नेता तथा कार्यकर्ताहरुको ओलीको सर्वसत्ताबाद विरुद्धमा चर्को नाराबाजी गरेका थिए ।