जन्मदिनको अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठको सामाजिक संघ संस्थालाई सहयोग

  • १३ बैशाख २०८१, बिहीबार
  • 127 पटक पढिएको

बेनी, १३ वैशाख । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरेर जन्मदिन मनाउनु भएको छ ।

बेनी नगरपालिका–७ संगमचोक निवासी श्रेष्ठले जन्मदिनको अवसरमा बिहिबार मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि रु. २५ हजार र चितवनको भरतपुर महानगरपालिका–१२ नौरङगेमा अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (साहाराको घर)लाई रु. ५ हजार सहयोग गर्नुभएको हो ।

सम्बन्धीत संघको खातामा रकम जम्मा गरिदिनुभएको छ । जन्मदिन मनाउदा हुने अनावश्यक खर्चलाई बचत गरेर श्रेष्ठले सामाजिक संघ संस्थालाई सहयोग गर्नुभएको हो । श्रेष्ठले यसअघिको जन्मदिनका अवसरमा पनि विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गर्दै आउनु भएको छ ।