जनता माविका जग्गादाता पुनको उपचारमा रु १ लाख १८ हजार बढी सहयोग हस्तान्तरण

  • २ फाल्गुन २०७७, आईतवार
  • 1560 पटक पढिएको

म्याग्दी २ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम स्थित जनता माविका जग्गादाता हस्तराम पुनको उपचारमा रु १ लाख १८ हजार बढी सहयोग गरिएको छ । सार्कोमा नामक क्यान्सरबाट पीडित हुनुभएका पुनको उपचारमा थप सहयोग होस भन्ने अभिप्रायको साथ जनता माध्यमिक बिद्यायलले सञ्चालन गरेको आर्थिक सहयोग सँकलन अभियानमा यु के, हङकङ र विद्यालयका शिक्षक तथा कर्मचारी साथै समितिबाट रु १ लाख १८ हजार ६ सय ७० रुपैयाँ रकम संकलन गरि हस्तान्तरण गरिएको हो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धनीलाल गर्वुजाको सभापतित्व, वडा सदस्य सबिता बर्देवाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पीडितको तर्फबाट बुहारी मैना पुनले सम्पुर्ण सहयोगीहरुलाई धन्यबाद दिनुभयो । बिद्यालयलाई स्थायी रुपमा स्थापित गर्न २०५० सालमा १० रोपनी जग्गा दान गर्नुभएका पुनको ४ भाइ छोरा र ३ बहिनि छोरीहरु छन् । आर्थिक समस्याको कारण उपचार नगराउने परिवारको सल्लाह भए पनि सम्पुर्ण इष्टमित्रहरुको सहयोगले पुनको अहिले पोखरामा उपचार भैरहेको छ ।

पुनको उपचारमा अहिलेसम्म सबै क्षेत्रबाट करिब ५ लाख सहयोग जुटेको सो अवसरमा घरपरिवारको तर्फबाट जानकारी गराईएको थियो । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा चिमखोले फेसबुक समुहको आयोजनामा चिमखोलामा सम्पन्न १–५ आधाभुत तह हाजिरी जबाफ प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने बिद्यार्थीहरु जिया गर्बुजा , भुमीका बुद्धिजा र शिखा गर्बुजालाई सम्मान गरिएको थियो ।

साथै दग्नाम स्वास्थ्य चौकीको जग्गा ब्यबस्थापन गर्न दग्नाम हाल दक्षिण कोरियामा कार्यरत यौमन गर्बुजा र रिम बहादुर गर्बुजाबाट २० हजार रुपैयाँ पनि स्वास्थ्य चौकी प्रमुख सुकमति गर्बुजा र स्वास्थ्य चौकी ब्यबस्थापन समितिको अध्यक्ष देव पुनलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एबम् बि ब्य स अध्यक्ष धनिलाल गर्बुजाले सहयोगीहरुको सहयोग सदुपयोग हुने बताउँदै देश विदेशमा रहेका दग्नामबासीको सामाजिक कार्य थप बढेर जानेमा आफु बिश्वस्त रहेको बताउनु भयो । प्रधानाध्यापक गुनबहादुर पुनले पिडित हस्तराम पुनको जिवनी प्रस्तुत गर्नुभएको थियो ।

उपचारमा सहयाेग गर्ने दाताहरूकाे नामावली 

१. श्री जनता मा बि दग्नाम रु १०,०००।
२. श्री पबिन गर्बूजा सलेखापाल रु ५,०००।
३. श्री कृष्ण गर्बुजा बि ब्य स सदस्य रु ३,०००।
४. श्री धनिलाल गर्बुजा बि ब्य स अध्यक्ष रु २०००।
५. श्री गुनबहादुर पुन प्रधानाध्यापक रु १५०५।
६. श्री मनदेबी दमै बि ब्य स सदस्य रु १०५०।
७. श्री दुर्गा गर्बुजा शि अ सँ सदस्य रु १००५।
८. श्री बिष्णु पाइजा बि ब्य स सदस्य रु १००५।
९. श्री कुशकुमारी थजाली शिक्षक रु १०००।
१०. श्री सबिता बर्देवा सदस्य रु ५,५०।
११. श्री सुमी गर्बूजा शिक्षक रु ५१०।
१२. श्री देब पुन बि ब्य स सदस्य रु ५०५।
१३. श्री राजकुमारी गर्बूजा शि अ सँ अध्यक्ष रु ५०५।
१४. श्री धिरेन्द्र वली शिक्षक रु ५,००।
१५. श्री बिक्रम पुरी शिक्षक रु ५,००।
१६. श्री आरती बि क शिक्षक रु ५००।
१७. श्री खड्क गर्बुजा शिक्षक रु ५००।
१८ श्री जीतमाया गर्बुजा शि अ सँ   रु ५००।
१९. श्री जमुनादेबी शर्मा शिक्षक रु ५००।
२०. श्री रमेश कुवँर शिक्षक रु १,००।
२१. श्री अजयकुमार चौधरी शिक्षक रु १,००।

क्यान्सर पिडित दग्नाम निवासी हस्तराम पुन लाई दग्नाम दर्मिजा समाज हङकङ बाट आर्थिक
सहयोग गर्नु हुने सहयोगीहरु यस प्रकार रहेको छ ।
क्र.सं. नाम साविक को ठेगना नेपाली रुपैया
१. गंगे तिलिजा दग्नाम १५,७५० ।–
२. लक्ष्मण गर्बुजा दग्नाम १०,००० ।–
३.   चिना पाइजा पाखापानी ७,९५३।–
४. सुजाव पुन दग्नाम ४,७२५ ।–
५. धनकुमारी गर्बुजा दग्नाम ४,७२५ ।–
६. पुर्ण गर्बुजा दग्नाम ४,७२५ ।–
७. दिपा पुन दग्नाम ४,७२५ ।–
८. योगेन्द्र गर्बुजा दग्नाम ४,७२५ ।–
९. कुमार बुदुजा दग्नाम ३,९३७ ।–
१०.   गोपाल गर्बुजा दग्नाम ३,९३७ ।–
११. रेनु थापा बरङ्जा ३,२२८ ।–
१२. भदेवी पुन पाखापानी ३,१५० ।–
१३. नन्दराम गर्बुजा दग्नाम ३,१५० ।–
१४. नर माया पाइजा कोटगाउँ ३,१५० ।–
१५. कमला थापा दर्मिजा ३,१५० ।–
१६. कुमार गर्बुजा दग्नाम हाल वेलायत यु.के. ५,००० ।