म्याग्दी समाचार

प्रतिनिधिसभा विघटन गरेको विरोधमा बेनीमा नेपाल दलित मुक्ति संगठनद्धारा विरोध प्रदर्शन

म्याग्दी १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल दलित मुक्ति संगठन म्याग्दीले सोमबार बेनीमा विरोध प्रदर्शन गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्षका दलित नेता तथा कार्यकर्ताहरुले बेनीमा ओलीको असंवैधानिक र प्रतिगामी कदमका विरोधमा नारा लगाएका थिए । प्रदर्शन सहित... पुरा पढ्नुहोस

मनोरम ‘मालिकाधुरी’को महिमा (भिडियो सहित)

म्याग्दी ९ फागुन । म्याग्दीको मालिका गाउँपालिका र रघुगंगा गाउँपालिका को सिमा क्षेत्रलाई समेटिएको मालिकाधुरी । समुन्द्री सतहदेखि ३ हजार ३५० मिटर उचाईमा अवस्थित रहेको मालिकाधुरीबाट गुर्जा, धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े लगायतका एक दर्जनबढी हिमालहरुको एकैठाउँबाट अवलोकन गर्न सकिन्छ । मालिका, कालिका र जालिका गरि त्रिदेवीहरूको बास रहेको मालिकादेवी मन्दिरमा पुजा... पुरा पढ्नुहोस

ओलीको प्रतिगामी कदमका विरुद्ध बेनीमा हस्ताक्षर संकलन, अनेमसंघद्धारा प्रदर्शन (तस्बिर सहित)

म्याग्दी ९ फागुन । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी र असंवैधानिक कदमका विरुद्धमा बेनीमा नेकपाको प्रचण्ड नेपाल पक्षले बेनीमा हस्ताक्षर संकलन गरेका छन् । राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीको आयोजनामा बिरेन्द्रचोकमा आइतवार दिनभर हस्ताक्षर संकलन गरिएको थियो । ओलीको असंवैधानिक कदमका विरुद्धमा भनेर लेखिएको व्यानरमा नेकपाका... पुरा पढ्नुहोस

नक्कली बुवा बनेर नाबालक परिचयपत्र बनाउन खोज्ने पुरुष पक्राउ

म्याग्दी, ९ माघ । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्न धवलागिरि गाउँपालिका–३ का एक पुरुष पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरिक्षक श्याम... पुरा पढ्नुहोस

मुख्यमन्त्री कप भलिबलमा महिलातर्फ म्याग्दी बिजेता

पोखरा ८ फागुन । मुख्यमन्त्री कप महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले उचालेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुण शाहीको कप्तानीमा रहेको म्याग्दी जिल्लाले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै पहिलो संस्करणको मुख्यमन्त्री कपको उपाधि उचाल्यो। [gallery ids="49312"] शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको फाईनलमा पर्वत... पुरा पढ्नुहोस

पर्यटन प्रवद्र्धन गर्न लायन्स क्लब बेनी पिस सिटीको मालिका हाईकिङ (फोटो फिचर)

म्याग्दी ८ फागुन । लायन्स क्लब अफ बेनी पिस सिटीले जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धनका लागि हाईकिङ (पदयात्रा) गरेको छ । क्लबका पदाधिकारी, पर्यटन अभियन्ता, सञ्चारकर्मी, स्थानीय अगुवा, सरोकारवाला सहितको टोलीद्धारा मालिका पदयात्रा गरिएको हो । शुक्रवार र शनिवार गरि दुई दिनमा सम्पन्न उक्त पदयात्रामा विभिन्न... पुरा पढ्नुहोस

उपाधिका लागि म्याग्दी र पर्वत भिड्ने

म्याग्दी, ७ फागुन । पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा म्याग्दी र पर्वत भिड्ने छन् । पोखरा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा म्याग्दीले तनहुँलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । म्याग्दीले तनहुँमाथि २५(११,२५(१९ र २५(१३ को सेटमा पराजित गर्यो ।... पुरा पढ्नुहोस

बेनीमा निर्वाचन आचारसंहिता सम्बन्धी छलफल

म्याग्दी ६ फागुन । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले निर्वाचन आचारसंहिता सम्बन्धी सरोकारवालाहरु विच अन्तरक्रिया गरेको छ । जिल्ला स्थित राजनीतिक दल,कार्यालय प्रमुख,पत्रकार लगायत सरोकारवालाहरुसँग विहिवार निर्वाचन कार्यालयले अन्तरक्रिया गरेको हो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचन आचारसंहिता २०७७ को मस्यौदा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सरोकारवालाहरुले निर्वाचन आचारसंहितालाई... पुरा पढ्नुहोस

आगलागीबाट लाखौँको क्षति व्यहोरेका गुल्मीका बाख्रापालक युवालाई म्याग्दीका कृषकहरुको सहयोग (भिडियो)

बेनी , ६ फागुन । अज्ञात व्यक्तिहरुबाट गोठमा आगलागी हुँदा खोरमा रहेका सबै बाख्रा सहित पूर्वाधार जलेर नष्ट हुँदा लाखौँको क्षति व्यहोरेका गुल्मीका एक युवालाई म्याग्दीका बाख्रापालक युवाहरुले सहयोग गरेका छन् । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका बिरेन्द्र शाहको एसथ्रि बाख्रा फर्ममा गत पुस २३ गते राती आगलागी भएको थियो । https://www.youtube.com/watch?v=vTA-kTz3elQ... पुरा पढ्नुहोस

दिवंगत आफन्तको स्मृतिमा विद्यालयमा प्रवेशद्धार निर्माण

म्याग्दी ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका –३ महतारेका एक परिवारले दिवंगत आफन्तको स्मृतिमा स्थानीय हिमालय आधारभुत विद्यालयमा प्रवेशद्धारा निर्माण गर्नुभएको छ । विद्यालयको भवन निर्माण समितिका अध्यक्ष समेत रहनुभएका शान्त बहादुर भण्डारीको दिवंगत पत्नी उजेली भण्डारीको स्मृतिमा उहाँका परिवारले रु १ लाख ६६ हजार लगानीमा विद्यालयको मुख्य प्रवेशद्धार निर्माण... पुरा पढ्नुहोस