म्याग्दी समाचार
एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र केसी सर्वसम्मत
- 4 बर्ष, 1 महिना अगाडि
- २५ पुष २०७८, आईतवार
म्याग्दी २२ पुस । नेकपा (एमाले) म्याग्दीको अध्यक्षमा देवेन्द्रबहादुर केसी सर्वसम्मत हुनुभएको छ । बेनीमा जारी नवौँ जिल्ला अधिवेशनबाट केसीको नेतृत्व सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । जिसस सभाहलमा जारी अधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका प्रत्यासी बालकृष्ण सुवेदीले औपचारिक रुपमा केसीलाई समर्थन जनाएपछि केसी निर्विरोध हुनुभएको हो । अधिवेशनको... पुरा पढ्नुहोस
एमाले जिल्लाअधिवेशनःउम्मेदवारी दर्ता सुरु
- 4 बर्ष, 1 महिना अगाडि
- २५ पुष २०७८, आईतवार
म्याग्दी २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशनको नयाँ नेतृत्व चयन गर्नका लागि आजदेखि उम्मेदवारी दर्ता सुरु भएको छ । अहिले सम्म धवलागिरि गाउँपालिका, मंगला र अन्नपूर्ण तथा मजदुरतर्फ उम्मेदवारी दर्ता सुरु भएको एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशन निर्वाचन कमिटीले जनाएको छ । अहिले तीनवटा पालिका... पुरा पढ्नुहोस
मुस्ताङको कोरला नाकाबाट चीनमा डलर तस्करी
- 4 बर्ष, 1 महिना अगाडि
- २५ पुष २०७८, आईतवार
म्याग्दी २५ पुस । मुस्ताङको कोरला नाका हुँदै नेपालबाट चीनमा संगठित ढंगले अमेरिकी डलर तस्करी हुँदै आएको खुलेको छ । पोखरामा पक्राउ परेका एक युवकमाथि अनुसन्धान हुँदा नेपालबाट ठूलो मात्रामा चीनतर्फ डलर तस्करी भइरहेको पत्ता लागेको हो । गत ११ मंसिरमा प्रहरीले पोखराबाट मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाँउपालिका– १ स्थायी घर भएका... पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ रघुंगा गाउँपालिका अध्यक्षमा पुन
- 4 बर्ष, 1 महिना अगाडि
- २५ पुष २०७८, आईतवार
धनिलाल गर्बुजा म्याग्दी २५ पुस । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको अध्यक्षमा गुन पुन (गुञ्जन) चयन हुनुभएको छ । शनिबार जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ८ घ्याँसीखर्कमा सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा पुन सर्वसम्मत चयन हुनुभएको हो । यस अघि कार्यसमितिको उपाध्यक्ष समेत रहनुभएका पुन जनता मावि दग्नाममा प्रअको रुपमा... पुरा पढ्नुहोस
लोकदिप सहकारीले साढे १४ करोड लगानी,
- 4 बर्ष, 1 महिना अगाडि
- २४ पुष २०७८, शनिबार
म्याग्दी २४ पुस । म्याग्दीको सदरमुकाम बेनीमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले करिब साढे १४ करोड लगानी गरेको छ । शनिबार बेनीमा सम्पन्न भएको आठौ बार्षिक साधारणसभामा १ करोड ४२ लाख ८२ हजार शेयर पुँजी रहेको सहकारीले विभिन्न शिर्षकमा १४ करोड ४० लाख लगानी गदैं १४ करोड ३५... पुरा पढ्नुहोस
गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा रेग्मी
- 4 बर्ष, 1 महिना अगाडि
- २४ पुष २०७८, शनिबार
म्याग्दी, २४ पुस । बेनी नगरपालिका– ९ स्थित गलेश्वरमा रहेको धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा माधवप्रसाद रेग्मी सर्वसम्मत निर्वाचित हुनुभएको छ। गलेश्वरमा शनिबार भएको ७ औं अधिवेशन तथा १६ औं कार्यकारी सभाबाट रेग्मीको नेतृत्वमा रहेको कार्यसमितिकोे उपाध्यक्षमा बमबहादुर पुन, सचिवमा बलबहादुर खत्री र कोषाध्यक्षमा कुमारी रोका पदाधिकारीमा रहनुभएको... पुरा पढ्नुहोस
म्याग्दी सहकारीको १४औं वार्षिक साधारणसभा सम्पन्न
- 4 बर्ष, 1 महिना अगाडि
- २४ पुष २०७८, शनिबार
म्याग्दी २४ पुस । काठमाडौंको गोंगबुचोकमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न साधारणसभाको उदघाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचन र जेष्ठ शेयर सदस्य (७४ वर्षिय) इन्द्रबहादुर अधिकारीले सामुहिकरुपमा दिप प्रज्वलन गरि गर्नु भएको थियो... पुरा पढ्नुहोस
कोषको नगद मौज्दात एकीकृत गरेर भरपर्दो संस्थामा राख्न निर्देशन
- 4 बर्ष, 1 महिना अगाडि
- २४ पुष २०७८, शनिबार
म्याग्दी, २४ पुस । गलेश्वर शिवालय क्षेत्र विकास कोषमा रहेको रकम एकीकृत गरेर भरपर्दो र प्रभावकारी हुने संस्थामा राख्न कोषका प्रमुख संरक्षक रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले निर्देशन दिनुभएको छ । कोषको ७ औं विशेष अधिवेशन एवम् १६ औं कार्यकारी सभामा कोषका प्रमुख संरक्षक समेत रहनुभएका प्रजिअ रानाले... पुरा पढ्नुहोस
चरनक्षेत्रमा लैजान साँघु तर्दै गरेका भेडा (फोटो फिचर)
- 4 बर्ष, 1 महिना अगाडि
- २४ पुष २०७८, शनिबार
बेनी, २४ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको बगर स्थित चरन क्षेत्रमा जान म्याग्दी नदिमा वारपारका लागि बनाइएको अस्थायी साँघुमा भेडा तार्दै गरेका भेडिगोठाला । घुम्ती गोठका रुपमा पालन गरिने भेडापालनमा भिर, पहाड, जंगल, खोलानाला हुँदै हिमालसम्मकै भुगोलमा संघर्ष गर्नुपर्छ । जिल्लाको दुर्गम बस्तीहरुमा अहिलेपनि परम्परागत रुपमा हुँदै आएको घुम्ती... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको कार्यालय भवन निर्माण
- 4 बर्ष, 1 महिना अगाडि
- २४ पुष २०७८, शनिबार
म्याग्दी २४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा कार्यालय भवन निर्माण भएको छ । भाडाका घरबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले गाउँपालिकाको केन्द्र मौवाफाँटमा भवन निर्माण गरि आफ्नै भवनबाट सेवा प्रवाह गर्न सूरु गरेको हो । दुई तले भवनमा १४ वटा कोठा बनाएर गाउँपालिकाको मुख्य र बिषयगत शाखाहरुको सेवा एउटै भवनबाट... पुरा पढ्नुहोस