मोना अन्तराष्ट्रियको छैठौं बार्षिक साधारणसभा, पुर्नबास अभियानलाई समयमै सक्ने प्रतिबद्धता

  • १ फाल्गुन २०७७, शनिबार
  • 1203 पटक पढिएको

म्याग्दी १फागुन ।       म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले बाढीपहिरो पीडितलाई नयाँ घर बनाउने अभियानलाई समयमै सक्ने प्रतिबद्धता जनाएको छ । शुक्रबार भर्चुअलमाध्यमबाट सम्पन्न भएको छैठौं बार्षिक साधारणसभाको अवसरमा बाढीपहिरोबाट विस्थापित भएकालाई पुनर्वास गराउन भइरहेको प्रयासबाट सन्तुष्ट रहेको बताउँदै मोनाले जिल्लाभर ४० घरको जिम्मा लिएकाले केही महिनाभित्रै हस्तान्तरण गर्ने बताइएको छ ।      ण साधारणसभाको उद्घाटन गदैं प्रमुख संरक्षक चक्रबहादुर थापाले पुर्नबास अभियान अहिलेको प्रमुख काम भएकाले सबैको सहयोग आवश्यक रहेको बताए । जिल्लामा मोनाले सुरु गरेको पुर्नबास अभियानले फरक सन्देश गएको बताउँदै पीडितलाई घर हस्तान्तरण संस्थाकै एतिहाँसिक उपलब्धी हुने बताए । महासचिव बिक्रम कार्कीले प्रगति प्रतिवेदन, सहकोषाध्यक्ष महेन्द्र कार्कीले पेश गरेको आर्थिक् प्रतिबेद पारित गरिएको थियो ।
साधारणसभामा विश्वमा बाँकी रहेका देशहरुमा संस्था विस्तार, सामुहिक लगानी भित्राउने, जिल्लामा रोजगारी सृजना गर्ने, आर्थिक पारदर्शीता, डिजिटल प्रणालीलाई ब्यवस्थित गर्ने, विभिन्न उपसमितिलाई सक्रिय बनाउने, विदेशमा सिप सिकेर फर्किएका म्याग्देलीलाई जिल्लामै लगानीको वातावरण बनाउने, विधान संसोधना लागि सुझाव संकलन लगायतका विषयमा छलफल भएको संस्थाका सचिव रमेश पौडेलले जानकारी दिए । साधारणसभामा मोनाका संस्थापक अध्यक्ष प्रकाश पुन, पूर्व अध्यक्ष योगेन क्षेत्री, संस्थापक कोषाध्यक्ष शिवकुमार बरुवाल, सल्लाहकार, ददिवल खड्का, लालबहादुर केसी, टिका गुरुङ, प्रेम रसाइली, घनश्याम शाही र राष्ट्रिय समितिका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए ।
अध्यक्ष ओमनारायण जुग्जालीले आफ्नो कार्यकालमा केही नयाँ र नियमित कार्यक्रमहरुलाई नै निरन्तरता दिएको बताए । उनले पुर्नबास अभियानमा जोडिने प्रवासी म्याग्देली सहित कार्यक्षेत्रमा खटिएकालाई समेत धन्यवाद दिदैं सबै स्थानीय तहसँग सम्झौता गरी जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयमा सिफारिस गरेका पूर्ण क्षतिग्रस्त घरहरू मध्ये मोनाले धवलागिरी गाउँपालिकामा १४, मालिका गाउँपालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४ र ४ भूकम्प प्रतिरोधी इन्टरलक इट्टाको प्रयोग गरी संरचना बनाइरहेको बताए । मोना पुर्नबास कार्यदलका सदस्य एवम् मोना हङकङका पूर्व अध्यक्ष दल शेरबुजा लगायतको टोलीले जिल्लामै बसेर काम गरिरहेको अवस्थामा सबैको सहयोग आवश्यकता रहेको अध्यक्ष जुग्जालीको भनाई छ । अध्यक्ष जुग्जालीको अध्यग्क्षता, बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले स्वागत र महासचिव विक्रम कार्कीले सञ्चालन गरेको कार्यक्रममा १८ देशका प्रतिनिधिको सहभागिता रहेको थियो ।