पिप्ले घर बताउने युवा मलेसियामा अलपत्र

  • ४ बैशाख २०८१, मंगलवार
  • 27041 पटक पढिएको

उहाँलाई आफ्नो नाम, थर, आफू मलेसिया आएको कति समय भयो, कसरी पुग्नुभयो, परिवारमा को को हुनुहुन्छ— केही पनि याद छैन । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मलेसिया आउटरिचका अनुसार उहाँले नेपालको ठेगाना पिप्ले बताउनुहुन्छ ।  रघुगंगा गाउँपालिका ३ नम्बर वडामा पिप्ले गाउँ रहेकाे छ । तर साेही नाम गरेकाे ठाउँ अन्य ठाउँमा समेत भएकाले उहाँकाे गाउँकाे पहिचानमा समस्या भएकाे छ  ।

उहाँलाई क्वालालम्पुरमा अहिलेको अवस्थामा पीएनसीसी मलेसियाका संयोजक पूर्ण सुब्बाले मलेसियाको समयअनुसार बिहान ४ बजे सडकमा बसिरहेको अवस्थामा छ महिनाअघि फेला पार्नुभएको हो ।

अहिले उहाँ मलेसियाको स्पाई रस सेक्युरिटीमा सेक्युरिटी गार्डको काम गरिरहनुभएको छ । उहाँ त्यही सेक्युरिटीमा काम गर्ने साथीहरूको रेखदेखमा हुनुहुन्छ ।

उहाँको स्वास्थ्य स्थिति गम्भीर भएका कारण उहाँलाई चिन्ने वा उहाँको बारेमा कुनै पनि जानकारी भए तल दिइएकाे नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ ।

सम्पर्क–
नेपाल : कुलप्रसाद कार्की
९८५१११३२२१
मलेसिया : पूर्ण सुब्बा
+ ६० १८३५० ७७३०