म्याग्दी समाचार

धवलागिरीको ३४ करोड २१ लाखको बजेट पारित

  मुना ११ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाको मंगलबार मुनामा सम्पन्न भएको छैटौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि चौतिस करोड रुपैयाँ भन्दा बढी बजेट पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले चालुतर्फ २४ करोड ७४ लाख १७ हजार र पूजीगततर्फ नौ करोड ४७ लाख ३१ हजार गरि... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट अनिश्चित , मेयर र कार्यपालिका सदस्यहरु विभाजित

म्यागदी, १० असार । स्थानीय तहहरुले असार १० गतेभित्र आगामी आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने नीतिगत व्यवस्था भएपनि म्याग्दीको बेनी नगरपालिकामा भने अन्यौलता छाएको छ । गत जेठ ३ गतेको कार्यपालिका बैठकमा मेयर हरिकुमार श्रेष्ठ र अन्य कार्यपालिका सदस्यहरुबिच उत्पन्न विवादलाई देखाउँदै नगरप्रमुख श्रेष्ठले नगरसभा नै... पुरा पढ्नुहोस

समयमै बेनी नगरपालिकाको नगरसभा नभएको भन्दै नेकपाको गम्भिर ध्यानार्कषण

म्याग्दी, १० असार । बेनी नगरपालिकाले समयमै नगरसभा नगरेकोमा नेकपा म्याग्दीले गम्भिर ध्यानाकर्षण गरेको छ । स्थानीय तहहरुले असार १० गतेभित्र आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट बक्तव्य सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्थाका विरुद्ध बेनी नगरपालिकाले नगरसभा आयोजना नगरेको बिषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले एक प्रेस विज्ञप्तीबाट ध्यानकर्षण गराएको... पुरा पढ्नुहोस

गरिमाको मंगलालाई सहयोग

बाबियाचौर १० असार । गरिमा बिकास बैंकले बाबियाचौरमा रहेको मंगला माविलाई पानी प्रसोधन गर्ने विद्युतीय फिल्टर सहयोग गरेको छ । बैंकको बाबियाचौर शाखाका प्रबन्धक सुर्य रानाभाटले सोमबार विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर अधिकारी र प्रअ गमबहादुर खत्रीलाई सो फिल्टर हस्तान्तरण गर्नुभएको... पुरा पढ्नुहोस

तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा म्याग्दीकी श्रेष्ठले स्वर्ण पदक जितिन्

  बेनी १० असार । म्याग्दीकी एक खेलाडीले राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक दिलाएकी छिन् ।नेपाल तेक्वान्दो संघ ३ न. प्रदेश समितिले काठमाडौमा आयोजना गरेको प्रतियोगिताको ४६ केजी तौल समूहमा गण्डकी प्रदेशबाट सहभागि भएकी रश्मि श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । यसैगरी गण्डकी प्रदेशबाट सहभागि म्याग्दीकै सुस्मिता दर्जीले ६७... पुरा पढ्नुहोस

कार्यपालिका बैठक नबस्दा बेनपामा लाखौ रुपैया फिर्ता हुने खतरा

म्याग्दी १० असार ।  आन्तरिक विवादमा फसेको म्याग्दीको बेनी नगरपालिकामा संघिय सरकारबाट प्राप्त भएको लाखौँ रुपैयाँ अनुदान रकम फिर्ता हुने अबस्थामा पुगेको छ । गत जेठ ३ गते बसेको कार्यपालिका बैठकमा नगरपालिकाका मेयर र कार्यपालिका सदस्यहरुबिच बढेको विवादले कार्यपालिका बैठक अनिश्चित भएपछि विभिन्न कार्यक्रमको लागि प्राप्त बजेट फिर्ता हुने अबस्थामा... पुरा पढ्नुहोस

बेनीमा “अग्निदह”को बिशेष प्रर्दशनी

  बेनी १० असार । बेनीमा सोमबार सन्देशमुलक चलचित्र “अग्निदह”को बिशेष प्रर्दशनी गरिएको छ ।  बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको सभाहलमा गरिएको चलचित्रको बिशेष प्रर्दशनीको बजारका बासिन्दा र विद्यार्थीहरुले अवलोकन गरेका थिए । प्रर्दशनिको प्रजिअ लीलाधर अधिकारीले उद्घाटन गर्नुभएको थियो । एक घण्टा ४५ मिनेट लामो यो चलचित्र मान्छे... पुरा पढ्नुहोस

लामगरामा प्राङगारिक खेती अभियान

  बेनी १० असार । बेनी नगरपालिका– १ लामगरामा रासायनिक बिषादी र मलको विकल्पमा प्राङगारिक प्रबिधिबाट खेति अभियान सुरु भएको छ ।कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा लामगरा व्यवसायिक कृषि सहकारी संस्थाले प्राङगारिक कृषि प्रर्वद्धन मिसन कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम अन्तरगत प्राङगारिक मल उत्पादन, भकारो सुधार, गाइबस्तुको मुत्र संकलन... पुरा पढ्नुहोस

बाँदरजुंगभिरमा भेटिएको शंकासपद बस्तु निष्कृय, प्रेसर कुकरमा माटो !

म्याग्दी १० असार । बेनी जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बाँदुरजुंगेभिरमा आज विहान भेटिएको शंकास्पद बस्तुलाई निस्कृय पारिएको छ । जोमसोम स्थित नेपाली सेनाको बज्रदल गण र घाँसा प्रहरी चौकीबाट खटिएको सुरक्षाकर्मीको टोलीले सडकमो छेउमा प्रेसर कुकरमा खतरा लेखेर राखिएको शंकास्पद बस्तुलाई डिस्पोज गरेको हो । विप्लब... पुरा पढ्नुहोस

बेनपाले एजेण्डाबिनै १५ गते नगरसभा बोलायो

  बेनी १० असार । विगत एक महिनादेखि आन्तरिक बिवादमा रुमलिएको बेनी नगरपालिकाले असार १५ गते नगरसभा बोलाएको छ । देशभरका स्थानीय तहहरुले धमाधम नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिरहँदा नगरपालिकाले एजेण्डानै तय नगरि नगरसभा बोलाएको हो । एक तिहाई भन्दा बढी सदस्यहरुले बिशेष अधिवेशन (नगरसभा)को माग गरेको र... पुरा पढ्नुहोस