नेपाली काग्रेस म्याग्दीले पहिरोबाट प्रभावितलाई साढे १० लाखको राहत सहयोग

  • ९ श्रावण २०७७, शुक्रबार
  • 1332 पटक पढिएको

म्याग्दी, ९ साउन । नेपाली काग्रेस म्याग्दीले बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा साढे १० लाख रुपैयाँको राहत वितरण गरेको छ । काग्रेसले धौवलागिरी र मालिका गाउँपालिकाका बाढी र पहिरोबाट प्रभावित परिवारलाई सो रकमको राहत वितरण गरेको हो ।


शुक्रबार नेपाली काग्रेसको पाटी कार्यालयमा भएको पत्रकार सम्मेलनमा पाटी सभापति खमबहादुर गुर्वजाले मराङ, कल्लेनी, कुम्री, राम्चे, विम, धारापानी, ताकम, लगायतको क्षेत्रमा नेपाली काग्रेस राहत तथा उद्धार कोषबाट सो सहयोग गरेको जानकारी दिए ।


स्थलगत रुपमा पुगेर मराङका २ लाख ८१ हजार ७५० र कल्लेनीमा ८२ हजार ७०० रुपैया गरी ३ लाख ७० हजार राहत वितरण गरेको प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिए । मालिका गाउँपालिका विममा पहिरो प्रभावित परिवारलाई १ लाख ६९ हजार ७५० रुपैयाको राहत वितरण गरेको प्रवक्ता श्रेष्ठले बताए । त्यस्तै ताकम र धारापानीमा १३४ घर पपहिरोको जोखिमयुक्त रहेको जानकारी गराउदै प्रवक्ता श्रेष्ठले ताकममा २ लाख ४३ हजार र धारापानीमा २ लाख ७५ हजारको राहत वितरण गरेको बताए ।


नेपाली काग्रेसको राहत तथा उद्धार कोषको खातामा हालसम्म ८ लाख २१ हजार सहयोग जम्मा भएको सहसचिव भरत रकालले बताए । सभापति गर्वुजाले नेपाली काग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई पहिरोबाट प्रभावित क्षेत्रमा आधारभूत आवश्यक जुटाउनमा तत्पर रहन आग्रह गरेको बताए । उनले जिल्लामा थन्किएको राहत बाढी पीडितहरुको क्षेत्रमा पुग्न नसक्नु सरकारको उदासीनता देखिएको बताए । पहिरो प्रभावित क्षेत्रका बासीन्दालाई सुरक्षीत स्थानमा राख्न, सडक, पदमार्ग खानेपानी, औषधी, विजुली र आवासको ब्यवस्थामा सरकार लाग्नुपर्ने बताउदै आवश्यक सहयोगको लागि तत्पर रहेको सभापति गर्वुजाले प्रविद्धता जनाएका थिए । पहिरो प्रभावित क्षेत्रमा आवश्यक सहयोग स्थानीयले नसक्ने बताउदै प्रदेश र संघ सरकारले विशेष ध्यान दिन समेत आग्रह गरेका थिए ।

पहिरोले छियाछिया भएको बस्तीका बासीन्दालाई सुरक्षित बस्ने ब्यवस्था मिलाउनका लागि तत्काल एकीकृत बस्तीको योजना अघि लगेर पुर्वाधार निर्माणमा सरकार लाग्नुपर्ने युवा नेता रकालले जोड दिएका छन् । सभापति गर्वुजा र संविधान सभा सदस्य रेशम बानियाँको नेतृत्वको टोलीले पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेका गरेका थिए । काग्रेसले हेलिकप्टर र खच्चडमार्फत राहत सामाग्री पु¥याएका थिए ।

उपसभापति माधवप्रसाद रेग्मीको स्वागत तथा सचिव क्याप्टेन मिनबहादुर काकीको संचालनमा भएको पत्रकार सम्मेलनमा पाटीका सचिव तथा मेयर हरिकुमार श्रेष्ठ लगायतका नेताहरुको उपस्थित भएको थियो ।