कालिगण्डकी नदीकोे बहाफ उच्च : रुप्से झरनाले होटल,जेसिभि र बस बगायो

  • ५ श्रावण २०७७, सोमबार
  • 2107 पटक पढिएको

म्याग्दी, ५ साउन । माथिल्लो भेगमा भएको अविरल बर्षासंगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने कालिगण्डकी नदी उर्लिएर आएको छ । निरन्तर लेखमा मनसुनले मुल पलाएर खहरेभेल उर्लिएपछि कालिगण्डकीको बहाफ बढेको हो ।


बर्षासंगै आएको कालिगण्डकी नदी सतह बढ्दा म्याग्दीको सदरमुकाम बेनीबजार र पर्वतको जलजला गाउँपालिकामा वजार नजिकका घरहरु जोखीममा परेका छन् । रुप्से झरनाले झरना नजिक रहेको होटल, बस र जेसिभि बगाएको ्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । कालीगण्डकीको उच्च बहाफले गलेश्वर पारी रहेको राममन्दिरको भवन बगाएको छ, त्यहाँ रहेका मान्छे, सामानहरु सुरक्षित स्थान सारिएको प्रजिअ ढकालले जानकारी दिएका छन् ।


लेखमा बर्षात हुदाँ कालीगण्डकी नदीमा मिसिने म्याग्दी र रघुगंगा नदीको बहाफपनि उच्च भएको छ । जसले कालीगण्डकी उर्लिएको छ । नदीको किनारमा रहेका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको प्रजिअ ढकालले बताए ।