मर्मतपछि ताकममा विधुत सुचारु

  • ९ श्रावण २०७७, शुक्रबार
  • 969 पटक पढिएको

म्याग्दी, ९ साउन । जिल्लाको धौलागिरि गाउँपालिका– ताकममा पहिराको कारण अवरुद्ध भएको विद्यूत सेवा स्थानीय युवाहरुको सक्रियतामा मर्मत गरी विद्युत सुचारु भएको छ। असार २५ गते बर्षासंगै बाढी र पहिरोले फेदी खण्डमा तार र पोल बगाएपछि विद्युत सेवा अवरुद्ध भएका थियो ।


ताकमका युवा जीवन भण्डारीको नेतृत्वमा नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका कर्मचारी सहितको टोलीले मर्मत विद्युत सुचारु गरिएको हो । ताकम र धारापानी क्षेत्रमा १६दिन पछि विद्युत आपुर्ति भएको ताकमका गोपाल आचार्यले जानकारी दिए ।
बाढी र पहिरोले मराङ, विम लगायतको क्षेत्रमा विद्युत सेवा अवरुद्ध रहेको छ ।