म्याग्दी समाचार

मृगौला पीडित ठाकुर परियारलाई उपचारमा आर्थिक समस्या

म्याग्दी, ५ असार । विभिन्न क्षेत्रमा रोजगारी गरेर परिवारलाई सुखी दिलाउने युवा अवस्थामा मृगौलामा समस्या देखिएको छोराकोे उपचारखर्च जुटाउन आमाबुवालाई समस्या परेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीका मृगौला पीडित २६ बर्षिय ठाकुर परियारको उपचारखर्च जुटाउन समस्या परेको हो । विगत एक बर्षदेखि छोरामा मृगौलाको समस्या देखिएको बुवा सम्शेर... पुरा पढ्नुहोस

नेपालमा पहिलो पटक भित्रिएको महेन्द्र ट्याक्टरको बेनीमा परिक्षण

म्याग्दी, ५ असार । नेपालमा पहिलो पटक भित्रिएको महेन्द्र नोभो अर्जुन ७५५ मोडेलको नयाँ ट्याक्टरको परिक्षण गरिएको छ। अग्नि कर्पोरेटले भित्र्याएको सबैभन्दा बढी भारबहन क्षमता भएको यस ट्याक्टरको बतास बोद्रर्श प्रा.लीले गण्डकी धौलागिरि क्षेत्रमा र बेनीमा रारा अटोमावाइल्स आधिकारीक विक्रेता रहेको छ । अग्नि, बतास र राराअटोमोवाईल्सको सयुक्त आयोजनामा भएको... पुरा पढ्नुहोस

बालबिवाह न्युनीकरणका लागि रणनीति बनाउने तयारी

  बेनी ४ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले प्रमुख सामाजिक समस्याको रुपमा रहेको बालबिवाह न्युनीकरणका लागि रणनीति बनाउने तयारी गरेको छ । बालबिवाह न्युनीकरणका लागि उमेर सान्दर्भिक बिवाहसंग उपाध्यक्ष कार्यक्रम अन्तरगत रणनीति तयार गर्नका लागि पालिका भित्रका विद्यालयका प्रअहरुसंग बुधबार प्रारम्भिक छलफल गरिएको छ । गाउँपालिकाको आर्थिक सयोगमा संगम म्याग्दीको... पुरा पढ्नुहोस

विद्यालयमा सेनेटरी प्याडको व्यवस्था

  ताकम ४ असार ÷महिनावारी हुँदा छात्रा विद्यालय नआउने समस्या हटाउन धवलागिरी गाउँपालिकाले विद्यालयमै सेनेटरी प्याड उपलब्ध गराएको छ ।मुना, ताकम, मराङ र मल्कवाङ स्थित विद्यालयमा कक्षा ८ देखि माथि अध्ययन गर्ने छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराएको हो । महिनावारीको समयमा छात्राहरु विद्यालय नआउने समस्या हटाउन सेनेटरी प्याड वितरण गरिएको... पुरा पढ्नुहोस

बरंजामा प्राङ्गारिक खेती प्रबिधि सम्बन्धी तालिम

  बरंजा ४ असार । मंगला गाउँपालिकाको बरंजामा बुधबार प्राङगारिक खेती प्रबिधि सम्बन्धी तालिम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको सहयोग, म्याग्दी विकास मञ्चको संयोजन र हाई हिमालयन अर्गानिक प्रा.लीको आयोजनामा सञ्चालित तालिममा ५० जना कृषकहरुको सहभागिता रहेको थियो । तालिममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले स्वास्थ्य कृषि उपज उत्पादनका... पुरा पढ्नुहोस

क्लबको सक्रियतामा सडक मर्मत (फोटो कथा)

राजकुमार पाण्डे बावियाचौर ४ असार । म्याग्दीको मंगला गाउँपालिका– २ सहश्रधारामा रहेको मालिका युवा क्लबले सडक मर्मत गरेको छ । बर्षा सुरु भएसंगै सडक विग्रिएर जिर्ण हुन थालेपछि क्लबले लामपाटा र खहरे क्षेत्रमा सडक मर्मत गरेका हुन् । बेनी –दरबाङ सडक खण्ड अन्र्तगत उक्त क्षेत्रमा सडक मर्मत गरेसंगै सवारी आगमन... पुरा पढ्नुहोस

म्याग्दीमा साताव्यापि कार्यक्रम गरि लागुऔषध दुरुपयोग विरुद्धको दिवस मनाईदै

म्याग्दी ४ असार । लागु औषध दुरुपयोग एवम् ओसार पोसार विरुद्धको अन्र्तराष्ट्रिय दिवस म्याग्दीमा साताव्यापि कार्यक्रम आयोजना गरि मनाईने भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको दिवस मुल समारोह समितिको बैठकले जुन २६ तारिकका दिन मनाइने लागु औषध दुरुपयोग एवम् ओसार पोसार विरुद्धको दिवसलाई साताव्यापि जनचेतनामुलक कार्यक्रम गरि मनाउने... पुरा पढ्नुहोस

४२ परिवारको निशूल्क स्वास्थ्य बिमा

  दरवाङ ४ असार । मालिका गाउँपालिका–६ दरवाङका ४२ परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ ।वडाको प्रस्तावमा गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट विपन्न परिवारको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । प्रति परिवार तीन हजार पाँच सय रुपैयाँका दरले शूल्क तिरेर मंगलबार स्वास्थ्य बिमा गरेको वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए... पुरा पढ्नुहोस

बुबा आमाको स्मृतिमा विद्यालयलाई सहयोग

बेनी, ४ असार । एक परिवारले स्वर्गीय आमा बुवाको स्मृतिमा विद्यालयलाई शैक्षिक सामाग्री र नगद सहयोग गरेका छन् । बेनी नगरपालिका ९ स्थायी घर भई हाल बेनीबजारमा बसोबास गर्नुहुने चिरन्जीवि शर्मा,पुष्कर शर्मा, दामोदर शर्मा र छोरी जमुना र ज्वाई मोहन सुवेदीले स्वर्गीय आमा सावित्री देवी शर्मा आचार्यको वार्षीक पु्ण्य तिथि... पुरा पढ्नुहोस

केरावाला किसान, एउटै घारीमा ४ सय ८२ कोसा ! (फोटो कथा)

म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–८ क्याम्पसचोक हिलसाइडका मनवीर किसान आफ्नो बारीमा एउटै घारीमा फलेको आफु भन्दा अग्लो केराको घारी देखाउँदै । ४८२ वटा कोसा फलेको यस घारीलाई विक्रि गरि किसानले ३ हजार ६ सय आम्दानी गरेका छन् । स्थानीय रुपमा हजारे जातको रुपमा चिनिने यस जातको केराको कोसा... पुरा पढ्नुहोस