श्रमदानबाट गुर्जामा आन्तरिक मोटरबाटो खन्दै

  • १० श्रावण २०७७, शनिबार
  • 1596 पटक पढिएको

म्याग्दी, १० साउन । धौलागिरि गाउँपालिका–१ गुर्जामा फुसर्दको समयमा स्थानियले जनश्रमदानबाट आन्तरिक रुपमा संचालन हुने मोटरबाटो खन्दै छन् । आन्तरिक रुपमा आवश्यक सेवाका लागि फुर्सदको समयलाई सदुपयोग गर्दै दुईसय घरधुरी रहेको गुर्जाबासी मिलेर करिव १० दिनको श्रमदानबाट आन्तरिक मोटरबाटो खन्न लागिएको वडानम्वर १ गुर्जाका वडा अध्यक्ष झक छन्त्यालले बताए ।

एकीकृत बस्ती भएको गुर्जामा तत्काल जिल्लाको सडक सञ्जालबाट मोटरबाटो जोडन् नसकिएपछि बैकल्पीक सेवाका लागि तिनदिनदेखि श्रमदानमा सडक खन्न सुरु गरिएको वडा अध्यक्ष छन्त्यालले बताए । स्थानीयमा भएको स्रोतसाधन प्रयोग गरेर सडक खन्दै छन् ।केन्द्रको सडक संजालले जोड्न नसकिएपनि आन्तरिक रुपमा रुपमा सडक विस्तार गरेर स्थानीयलाई आन्तरिक रुपमा सेवा प्रदान गर्ने उद्देश्यले सडक खन्न लागेको छ, छन्त्याले भने ।

म्याग्दीको सदरमुकाम बेनीदेखि २६ कोष टाढा रहेको गुर्जामा सडक नपुगेपछि आवश्यक सामानहरु ढुवानीको लागि खच्चड प्रयोग गरिदै आएको छ । दुईदिनको यात्रामा पुग्न सकिने गुर्जामा गाउँपालिकाको केन्द्र मुनासम्म यातायात सेवा पुगेको छ । लमसुङ हुदै गुर्जा सम्म पैदलयात्रामा एक दिनमा पुग्न सकिन्छ । गुर्जा, चुरेन लगायको हिमाल, भिर मौरी, जडिबुटी र स्थानीय कलासस्कृति, एकीकृत बस्ती रहेको गुर्जामा पर्यटकिय सम्भावना प्रचुर रहेको छ ।

आवश्यक सामान आयात र निर्यातको लागि खच्चड प्रयोग गरिदै आएको छ । जटिल विरामीका लागि पोखरा काठमाण्डौ लैजानका लागि हेलिकप्टर बाहेक अन्य विकल्प दुईदिनमा सदरमुकाम बेनी पु¥याउन गुर्जाबासी बाध्य छन् ।