म्याग्दीमा बेपत्ता ५ जना अझैँ भेटिएका छैनन्

  • ९ श्रावण २०७७, शुक्रबार
  • धिरन खत्री
  • 1405 पटक पढिएको

म्याग्दी, ९ साउन । अविरल बर्षासंगै असार २५ गते आएको बाढी पहिरोले म्याग्दीमा ठुलो जनधनको क्षेति भएको छ । जिल्लाको धौलागिरि, मालिका र रघुगंगा अन्नपुर्ण गाउँपालिका गरेर २९ जना ब्यक्तिहरुको निधन भएको छ । भने ५ जना अझै बेपत्ता अवस्थामा रहेका छन् । असार २५ गते अविरल बर्षासंगै आएको बाढी र पहिरोमा परेर जिल्लाको धौलागिरि–६ मराङमा २ जना, मालिका गाउँपालिका –७ विममा र देविस्थानमा २ जना र साउन ५ गते आएको बाढीले अन्नपुर्ण गाउँपालिका ३ काभ्रेमा १ जना बेपत्ता भएका छन् ।


धौलागिरि स्थित मराङको कल्लेनी बस्ने ५१ बर्षकी जनिमा केसी र १६ बर्षका सविन पुन, मालिका गाउँपालिका–७ विमकी एलिसा केसी र वडानम्वर ६ स्थितकी गिता रोका दुख खोलामा बेपत्ता भएकी छन् । यी बेपत्ता चारजना भेटिन सकेका छैनन् । साउन ५ गते अविरल बर्षापछि अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेस्थित भजेनी खोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई कालीगण्डकी नदीमा बेपत्ता बनाएको छ । चरणबाट लिएर आएको बाख्रा तार्ने क्रममा उनलाई खोलाले बगाएर बेपत्ता भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक किरणजंग कुवरले बताएका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l