म्याग्दी समाचार

मंगलाका अधिकांश योजना सम्पन्न

  बाबियाचौर ४ असार । म्याग्दीको मंगला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरेका अधिकांश योजना सम्पन्न भएका छन् ।  चालू आर्थिक वर्षको एघार महिनामा ७५ प्रतिशत योजना सम्पन्न भएको र साठी प्रतिशत वित्तिय प्रगति भएको गाउँपालिको जनाएको छ । सूचना अधिकारी तथा कार्यकारी सचिव राजेन्द्र आचार्यले ३२ करोड... पुरा पढ्नुहोस

सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा पुरस्कार तथा छात्रवृति वितरण

म्याग्दी, ४ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा शैक्षिक बर्ष २०७५ को पुरस्कार तथा छात्रवृति वितरण गरिएको छ। मंगलबार आयोजना गरिएको कार्यक्रमका अवसरमा १ देखि ५ सम्म प्रथम दिप्तृय, तृतिय हुन विद्यार्थी, अनुशासित, सर्वोउतकृष्ट नम्वर, सरसफाई, विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको... पुरा पढ्नुहोस

दरवाङमा नेकपाको सपथ

म्याग्दी, ३ असार । नेकपा म्याग्दीले वडास्तरमा सपथ ग्रहणलाई अन्तिम चरणमा पु¥याएको छ । यसैक्रममा मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार वडा कमिटिको पुर्ण बैठक तथा सपथ ग्रहण सम्पन्न भएको छ । नेकपाका जिल्ला सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । वडा कमिटि अध्यक्ष अनुप गौचनको... पुरा पढ्नुहोस

मंगलाका कृषकलाई मिनिटिलर मर्मत तालिम

  बाबियाचौर ३ असार । मंगला गाउँपालिकाको बाबियाचौरमा मंगलबारदेखि खेतबारी जोत्न प्रयोग हुने हाते ट्याक्टर (मिनिटिलर हलो) मर्मत सम्बन्धी तालिम सुरु भएको छ । सिप विकास केन्द्र कुश्माको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा सात दिन सम्म सञ्चालन हुने तालिममा २० जना कृषकहरुको सहभागिता रहेको छ । कृषकहरुलाई मिनिटिलर हलो मर्मतका... पुरा पढ्नुहोस

गाउँका पसलमा छ्याप छयाप्ती म्याद नाघेका सामान

म्याग्दी ३ असार । म्याग्दीका ग्रामिण क्षेत्रका पसलहरुमा छ्याप छ्याप्ती म्याद नाघेका सामान भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अनुगमनका क्रममा ग्रामिण क्षेत्रका पसलहरुमा म्याद नाघेका खाद्य र पेय पदार्थ बिक्री हुने गरेको भेटिएको हो ।म्याग्दीका छ वटै स्थानीय तहमा सोमबार एकैपटक बजार अनुगमन भएको थियो । जेठ... पुरा पढ्नुहोस

सहजकर्तालाई क्षमता अभिवृद्धि तालिम

मुना ३ असार । धवलागिरी गाउँपालिकाको मुनामा बालविकास सहजकर्ताहरुका लागि दुइ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।गुड नेवर्स ईन्टरनेशनल, नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक परियोजना अन्तरगत संगम म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालिममा २० वटा विद्यालयका २० जना सहजकर्ता शिक्षिकाहरुको सहभागिता रहेको थियो । सामुदायिक विद्यालयमा... पुरा पढ्नुहोस

दरवाङमा उपभोक्ता जागरण अभियान सम्पन्न, संयुक्त बजार अनुगमन

दरवाङ ३ असार । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सोमबार उपभोक्ता जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा उपभोक्ता अधिकार सम्बन्धी नीगिगत व्यवस्था र त्यसको कार्यान्वयन अवस्था, चुनौति र सरोकारवालाहरुको भूमिकाका विषयमा अन्तरक्रिया गरिएको थियो । यसैगरी सोही अवसरमा समितिले दरवाङको पक्कि पुल... पुरा पढ्नुहोस

बावियाचौरमा संयुक्त बजार अनुगमन ( तस्विर सहित)

जगत बानियाँ बावियाचौर २ असार । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौर बजारमा सोमबार संयुक्त बजार अनुमगन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको नेतृत्वमा प्रहरी, बिषयगत कार्यालय र संस्थाका प्रतिनिधिहरुको समेत सहभागितामा बावियाचौर बजारका विभिन्न ३० वटा पसलहरुको अनुमगन गरिएको थियो । अनुगमनको क्रममा म्याद नाघेका चाउचाउ, मिठाई, बेसार, भुजिया, पेय... पुरा पढ्नुहोस

गाउँमा भित्रीएका विकास निर्माण योजनाले रोजगारीको अवसर सिर्जना

बेनी २ असार । ग्रामिण क्षेत्रमा पूर्वाधार निर्माणले तिब्रता पाएपछि गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । सडक स्तरोन्नति, भवन, विद्युत, खानेपानी, सिँचाई, नदी नियन्त्रण, पदमार्ग निर्माण जस्ता पूर्वाधार योजना सञ्चालन गरेपछि स्थानीयबासीलाई भ्याई नभ्याई छ । राजनीतिक र प्रशासनिक पहुँचको कमीले पिछदिएका बस्तीमा अहिले करोडौ बजेटका आयोजना... पुरा पढ्नुहोस

म्याग्दीमा पन्ध्र वटा झोलुङ्गे पुल निर्माण हुँदै

बेनी २ साउन । म्याग्दीका विभिन्न खोलाहरुमा चालू आर्थिक वर्ष २०७५÷७६ मा पन्ध्र वटा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । एक वटा झोलुङ्गे पुल निर्माण सकिएको छ । बाँकी चौध वटा पुल निर्माणको चरणमा छन् । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु)को प्राबिधिक सहयोगमा निर्माण हुन लागेका ती पुलहरुबाट तीन... पुरा पढ्नुहोस