पाटी मजबुत बनाउन पुष्पलालको सिद्धान्त लागु गर्नुपर्छ

  • ७ श्रावण २०७७, बुधबार
  • 1245 पटक पढिएको

म्याग्दी, ७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई एकताबद्ध गरि सुदृढ र मजबुत बनाउन कार्यकताले ब्यक्ति होईन पाटीको सिद्धान्त कार्यान्वयनमा जोड  दिन  आग्रह गरेका छन् । नेकपा संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा पाटी कार्यालयमा भएको कार्यक्तममा ब्यक्ति भन्दापनि पाटीको सिद्धान्त कार्यान्वयनमा कार्यकता लाग्नुपर्नेमा नेताहरुले जोड दिएका हुन ।


पुष्पलालको फोटोमा फूल अविरले सम्मान गर्दै नेकपाका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सांसद भुपेन्द्रबहादुर थापाले नेपालको कम्यूनिष्ट आन्दोलनका जन्मदाता पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठुला पार्टीहरु एकिकृत भएर पार्टीलाई सबैभन्दा ठुलो पार्टीका रुपमा स्थापित गरेको बताए । ब्यक्तिलाई भन्दा पाटीलाई बलियो बनाउन सही नीति, विधि र पद्धतिमा अघि बढाउन कार्यकताको भूमिका महत्वपुर्ण हुने बताए । पाटीको नीतिलाई कार्यान्वयन गर्न भएको छलफलमा ब्यक्तिलाई उचालेर पाटी फुटाउन सहयोग नगर्न समेत सबैलाई आग्रह गरेका थिए । उनले सबै मिलेर बाढी पहिरो पीडित क्षेत्रमा उद्धार,राहत, पुर्नवासको आवश्यक तयारीमा जुट्नुपर्ने जोड दिए ।


कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव हरिकृष्ण श्रेष्ठले जिल्लाको बाढी पीडितको अवस्था, ब्यवस्थापनमा भईरहेको आर्थिक संकलन अभियानको जानकारी गराएका थिए । उनले हालसम्म बाढी पीडितको पुर्नबास लगायतको ब्यवस्पापनका लागि नेकपा विपत कोषमा ७ लाख ६३ हजार संकलन भएको जानकारी गराउदै सहयोग आउनेक्रम जारी रहेको समेत बताए ।


नेकपा गण्डकी प्रदेश सचिवालय सदस्य नवराज शर्मा, प्रदेश सदस्य तथा सांसद विनोद केसी, टेकबहादुर केसी, खुमबहादुर बानियाँ, टेकबहादुर विक, जिल्ला सचिवालय सदस्य एवम् जिसस प्रमुख देवेन्द्रबहादुर केसीको उपस्थित रहेको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सचिवालय सदस्य बालकृष्ण सुवेदीले राखेका थिए ।