भुरुङतातोपानीमा पहिरोमा परेर एक जनाको मृत्यु

  • ६ श्रावण २०७७, मंगलवार
  • 1703 पटक पढिएको

म्याग्दी, ६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीमा माथिबाट आएको पहिरोसंगै ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । सोही गाउँपालिका वडानम्वर ३ काभे्रका ३२ बर्षिय झलक पुनको पहिरोमा परेर निधन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।


विदेशबाट आएर क्वारेन्टाईन बसेर घर फर्किएका पुनलाई घर जाने क्रममा घर पुग्न नपाउदै बाटोमै पहिरोमा परेर निधन भएको छ । उनैसंगै हिडेका वडानम्वर ४ नारच्याङका २७ अनिल गर्वुजा घाईते भएको प्रहरी नायव उपरिक्षक किरणजंग कुवरले जानकारी दिएका छन् ।

कालीगण्डकी नदीकोे उच्च बहाफले सडक कटान गरेपछि अन्नपुर्ण होटल भन्दा माथि खच्चड हिड्ने पुरानो बाटो घरतर्फ जान खोज्दा अकस्मात आएको पहिरामा परेर पुनको घटनास्थलमै निधन भएको वडानम्वर २ का वडाअध्यक्ष ओम फगामीले जानकारी दिए । निधन भएका पुनलाई प्रहरी र स्थानीयको सहयोगमा निकालिएको उनले जानकारी दिए ।