राखु भगवतीस्थित कटुवालटोल पहिरोको जोखिममा

  • १० श्रावण २०७७, शनिबार
  • धिरन खत्री
  • 1613 पटक पढिएको

म्याग्दी, १० साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीस्थित कटुवालटोल बस्ती पहिरो जोखिममा परेको छ । करिव ५० घरधुरीको बसोबास रहेको कटुवाल र हटिया गाउँलाई असर गर्दै खानपानीस्थितको जमिन चक्नाचक्ना पर्ने र पहिरो बगेपछि बस्ती जोखिममा परेको हो ।


अविरल बर्षासंगै घरवरिपरिको भिरालो जमिन चिराचिरा पर्दा, दिनदिनै बस्तीमुनी जमिन बग्दै जादाँ गाउँनै जोखिममा परेको स्थानीबासी गणेश खत्रीले बताए । साविक ४ वडाको खानपानी सामुदायिक बनमा पहिरो चल्नु, बस्तीमुनी भएको बारी र बाटो भत्कीनु र बाटोमा रहेको ग्याविङ बगेको कारण कटुवालबस्ती जोखिममा रहेको स्थानीय युवा खत्रीले जानकारी गराएका छन् ।

बर्खासंगै दिनदिनै बर्षाले बस्तीभन्दा ४० मिटर तल पहिरो चल्दा घरहरुको ढोका बस्ने, आगन, बाटो चर्कने, घरमुनीको बारी भत्कन थालेपछि त्रसित भएको स्थानीयबासी प्रकाश केसीले बताए ।


पहिरो जोखिम रहेको बस्ती र पहिरो लागेको खानपानीको अवस्थाबारे जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीलाई जानकारी गराएको स्थानीयले बताए । जोखिम बस्तीको अवस्था बुझेर आवश्यक बस्ती जोगाउन र पहिरानियन्त्रण लागि पहल गर्ने जिसस प्रमुख केसीले बताए ।
तस्विर : गणेश खत्री/ विनिता केसी

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l