ताजा अपडेट

मोना युएईको दोस्रो अधिवेशन जुलाईमा

आबुधावी/यूएई, ३० बैशाख । म्याग्दी प्रवाशी नेपाली संघ (मोना) युएईले मासिक बैठक दुबई स्थित जाबेल पार्कमा सम्पन्न गरेको छ । उक्त बैठकले आगामी जुलाई १३, २०१८ का दिन संस्थाको दोस्रो अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशन सम्पन्न गर्न लागि उप–समितिहरु गठन र अधिवेशनमा प्रमुख अतिथीको लागि मोना आइसिसी को... पुरा पढ्नुहोस

म्याग्दीलाई चिनाउन ‘भ्रमण बर्ष–२०७५’, आईतवार औपचारिक उद्घाटन हुँदै

म्याग्दी, २९ वैशाख । धौलागिरि र अन्नपूर्ण हिमालको काखमा रहेको म्याग्दीलाई विश्वभर चिनाउने उदेश्यले ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ मनाउन सुरु गरिएको छ । जिल्लामा बाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले यस बर्षलाई म्याग्दी उद्योग बाणिज्य संघले भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीका पर्यटकीय क्षेत्रहरु ओझेलमा... पुरा पढ्नुहोस

बे्रनट्युमर रोगबाट पीडित भगवतीका कार्कीले गरे अस्पतालको सैयाबाटै जिवनरक्षाको याचना

म्याग्दी, २९ बैशाख । बे्रनट्युमर रोगबाट पीडित म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीका यामबहादुर कार्कीले जीवन रक्षाको लागि अस्पतालको सैयाबाटै सहयोगको याचना गरेका छन् । काठमाण्डौ स्थित न्युरो अस्पतालमा उपचार गराईरहेका ३७ बर्षिय कार्कीको उपचारमा लाखौँ रुपैया आर्थिक खर्च लाग्ने भएपछि उनका आफन्तले सक्दो सहयोग गर्न सबै सहयोगदाताहरुलाई आग्रह गरेका हुन्... पुरा पढ्नुहोस

पुरस्कार वितरण तथा नवआगन्तुक विद्यार्थीलाई स्वागत

कर्ण खत्री म्याग्दी, बैशाख २९ । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित बेनी सामुदायिक माध्यमिक विद्यालयमा शुक्रबार पुरस्कार वितरण तथा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिक सत्र २०७४ को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेलाई पुरस्कृत र चालु शैक्षिक सत्रका नयाँ विद्यार्थीलाई स्वागत गरिएको हो । वार्षिक परीक्षामा उत्कृष्ट... पुरा पढ्नुहोस

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखामा नयाँ कार्यसमिति

प्रताप बानियाँ/ म्याग्दी, बैशाख २९ ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा बेनी म्याग्दीको ११ औं साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न साधारणसभा तथा अधिवेशनले विष्णु गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा डेकबहादुर सुनार, सचिवमा लक्ष्मण केसी, सहसचिवमा दिनेश बराल... पुरा पढ्नुहोस

मुक्तिनाथमा मोदीकाे दर्शन (हेर्नुहोस रोचक तस्बिर सहित)

निर्मल खत्री मुक्तिनाथ २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकिय भम्रणको क्रममा शनिबार बिहान प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पुजापाठ गरेका छन् । भारतीय सेनाको विशेष विमान मार्फत मुक्तिनाथ ओर्लेका मोदीले करिब २० मिनेट पुजापाठ गरेका थिए । मुक्तिनाथ प्रवेशद्धार नजिकै निर्माण गरिएको हेलिप्याडमा झरेपछि मोदीलाई संघीय सरकारका सँस्कृति, पर्यटन तथा... पुरा पढ्नुहोस

जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तुको चोरी निकासी

  म्याग्दी २९ बैशाख । बेनी नगरपालीका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी निकासी भएको छ । जिल्ला समन्वय समितिसंग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने नितीगत ब्यवस्था विपरीत सेभेनस्टार युवा कल्वका पदाधीकारीले बस्ती संरक्षणको बाहनामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा,... पुरा पढ्नुहोस

बसन्त बोगटी गुठी जग्गाको समस्या समाधान गर्न जनप्रतिनिधिलाई दवाव

  म्याग्दी,२९ बैशाख । रघुगंगा गाउँपालिका ३ पिप्ले अम्राईमा भएको जग्गा बसन्त बोगटी गुठीमा परिणत हुदाँ तिरो तिरेरपनि ब्यवसाय तथा सेवासुविधा लिनका लागि ४० घर परिवारलाई गुठी जग्गाको समस्याले असहज भएको छ । लाटुपाध्याय सन्तती समाज अम्राई राखु पिप्ले आयोजनामा भएको समान्न तथा अन्तक्रिया कार्यक्रममा स्थानीय बासीले जनप्रतिनिधिलाई समस्या समाधान... पुरा पढ्नुहोस

भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथमा पुजा गरि फर्किए

मुक्तिनाथ, २९ वैशाख । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा पुजाआजा एवम दर्शन गरेका छन् । नेपाल भ्रमणको दोस्रो दिन शनिवार मोदी नेपाल सेनाको हेलिकप्टरबाट मुक्तिनाथ मन्दिर पुगेर दर्शन गरेका हुन् । मुक्तिनाथ परिसरमा रहेको हेलीप्याडमा उत्रिएका मोदीलाई स्वागतको लागि विछ्याइएको रातो कार्पेटबाट... पुरा पढ्नुहोस

बालगृहलाई फिल्टर सहयोग

बेनी २९ बैशाख । बेनी नगरपालिका ७ मा रहेको शिवालय टोल सुधार समितिले शनिबार म्याग्दी बालगृहलाई विद्युतीय फिल्टर लगायतका सामाग्री सहयोग गरेको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा आश्रीत अनाथ बालबालीकाहरुलाई सफा र शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले एक थान विद्युतीय फिल्टर उपलब्ध गराइएको हो । समितिका संयोजक ज्ञानेन्द्र... पुरा पढ्नुहोस