सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखामा नयाँ कार्यसमिति

  • २९ बैशाख २०७५, शनिबार
  • 3027 पटक पढिएको


प्रताप बानियाँ/ म्याग्दी, बैशाख २९ ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा बेनी म्याग्दीको ११ औं साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न साधारणसभा तथा अधिवेशनले विष्णु गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा डेकबहादुर सुनार, सचिवमा लक्ष्मण केसी, सहसचिवमा दिनेश बराल र कोषाध्यक्षमा गंगामाया पुन बुढा चयन भएका छन् । यसैगरी सदस्यहरुमा जमुना थापा, पशुपति शर्मा, पदमबहादुर खत्री, गंगाकुमारी खत्री, सानुमाया कार्की, बलराम सुवेदी, राधिका सापकोटा, तप्बहादुर विश्वकर्मा र शर्मिला बानियाँ रहेका छन् ।


यसअघि अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले समाजमा हुने द्वन्द्वको समाधान गर्ने, मेलमिलापको वातावरण सिर्जना गर्न, लागूऔषध नियन्त्रण जस्ता कार्यमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखाले आवश्यक भूमिका खेलेको बताएका थिए । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले समाजमा घट्ने अपराधिक क्रियाकलाप न्युनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखाका संस्थापक अध्यक्ष मुक्ति रोका, प्रहरी निरीक्षक दीपक महत, बेनपा–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, ७ नम्बर वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र सल्लाहकार अमृतदेवी बानियाँले समाजमा खेलेको भूमिकामाथी चर्चा गरेका थिए । कार्यक्रमको अवसरमा संस्थामार्फत नयाँ सदस्यहरुलाई आजीवन सदस्यता वितरण गर्नुका साथै कार्यसमितिलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । त्यस्तै संस्थामा खानेपानी व्यवस्थापनमा सहयोग गरेकोमा तोपबहादुर कार्की र उत्कृष्ट कार्य गर्ने प्रहरी जवानलाई सम्मान गरिएको छ ।
कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा बेनी म्याग्दीका निवर्तमा अध्यक्ष श्यामलाल न्यौपानको अध्यक्षता, उपाध्यक्ष टिकाराम शर्माको स्वागत र सहसचिव लक्ष्मण केसीको सञ्चालनमा सम्पन्न भएको थियो । साधारणसभामा सहसचिव केसी र कोषाध्यक्ष विष्णु गुरुङले क्रमशः प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।