पुरस्कार वितरण तथा नवआगन्तुक विद्यार्थीलाई स्वागत

  • २९ बैशाख २०७५, शनिबार
  • 2191 पटक पढिएको


कर्ण खत्री म्याग्दी, बैशाख २९ । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित बेनी सामुदायिक माध्यमिक विद्यालयमा शुक्रबार पुरस्कार वितरण तथा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिक सत्र २०७४ को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेलाई पुरस्कृत र चालु शैक्षिक सत्रका नयाँ विद्यार्थीलाई स्वागत गरिएको हो ।


वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेमा नर्सरीतर्फ दिपशिखा छन्त्याल, कक्षा १ देखि ५ सम्म अविशेक पौडेल र कक्षा ६ देखि ९ सम्म सुस्मिता पुनलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीलाई पुरस्कृत तथा स्वागत गर्दै बेनी नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि वडा कार्यालयको तर्फदेखि सक्दो सहयोग गर्ने बताएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीको अध्यक्षता, प्रधानाध्यापक दीपक श्रेष्ठको स्वागत र शिक्षक टिकानाथ पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा  नर्सरी देखि कक्षा ९ सम्म भर्ना भएका २ सय १८ जना विद्यार्थीहरुलाई  स्वागत गरिएको थियो ।