बे्रनट्युमर रोगबाट पीडित भगवतीका कार्कीले गरे अस्पतालको सैयाबाटै जिवनरक्षाको याचना

  • २९ बैशाख २०७५, शनिबार
  • धिरन खत्री
  • 5979 पटक पढिएको


म्याग्दी, २९ बैशाख । बे्रनट्युमर रोगबाट पीडित म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीका यामबहादुर कार्कीले जीवन रक्षाको लागि अस्पतालको सैयाबाटै सहयोगको याचना गरेका छन् । काठमाण्डौ स्थित न्युरो अस्पतालमा उपचार गराईरहेका ३७ बर्षिय कार्कीको उपचारमा लाखौँ रुपैया आर्थिक खर्च लाग्ने भएपछि उनका आफन्तले सक्दो सहयोग गर्न सबै सहयोगदाताहरुलाई आग्रह गरेका हुन् ।
अािर्थक रुपमा विपन्न रहेका कार्कीको उपचारका लागि लाग्ने लाखौँ खर्च जुटाउन ग्राहो भएको सहयोगको लागि सबैलाई परिवारले आव्हान गरेका हुन् । उपचाररत कार्कीको व्रेनट्युमरको अप्रेशन बुधबार हुँदै छ ।


कार्कीको ५ बर्ष पहिला पनि सल्यक्रिया गरिएको थियो । कार्कीको उपचारमा लाखौँ खर्च लाग्ने र परिवारको आर्थिक अवस्था कमजोर भएकाले राज्यबाट हुने सहयोगको लागि सिफारिस र अन्य सहयोगदाताहरुलाई समेत सक्दो सहयोग गर्न आह्वान गरिएको वडा अध्यक्ष रिम कटुवालले बताउनुभयो ।बे्रन ट्युमरबाट ग्रसित कार्कीको परिवारमा श्रीमती सहित एक छोरा रहेका छन् । उहाँको उपचारका लागि आर्थिक सहयोग गर्न चाहनुहुनेले मुडुला दाजुभाई समितिका अध्यक्ष निरोज कार्कीलाई सम्पर्क गर्न सकिन्छ । सम्पर्क नम्वर ९८४१०३४५२६

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l