भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथमा पुजा गरि फर्किए

  • २९ बैशाख २०७५, शनिबार
  • 2683 पटक पढिएको

मुक्तिनाथ, २९ वैशाख । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा पुजाआजा एवम दर्शन गरेका छन् । नेपाल भ्रमणको दोस्रो दिन शनिवार मोदी नेपाल सेनाको हेलिकप्टरबाट मुक्तिनाथ मन्दिर पुगेर दर्शन गरेका हुन् ।

मुक्तिनाथ परिसरमा रहेको हेलीप्याडमा उत्रिएका मोदीलाई स्वागतको लागि विछ्याइएको रातो कार्पेटबाट पैदल हिँडाएर मन्दिर पु¥याईएको थियो । मोदीलाई संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुक्तिनाथ परिसरमा स्वागत गरेका थिए । मोदीले मुक्तिनाथको मुख्य मन्दिरको मण्डपभित्रै पुजा गरेका थिए ।

मोदीले हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथमा बिशेष पुजाआजा गरेका छन् । मुक्तिनाथ परिसरमा झण्डै सबा १ घण्टा विताएका मोदीलाई स्थानीय स्तरबाट नागरिक अभिनन्नद समेत गरिएको छ भने मुक्तिनाथ क्षेत्र विकास समितिले उनलाई शालिग्राम उपहार प्रदान गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तर्फबाट मोदीलाई ताम्रपत्र प्रदान गरिएको थियो ।

मोदी भ्रमणको पूर्व सन्धयामा भएको बेमौसमी हिमपातले सेताम्मे हिमालले घेरिएका डाँडाकाँडाले सुसज्जीत बनेको मुक्तिनाथमा मुदी हर्षित मुद्रामा देखिन्थे भने उनलाई स्वागतको लागि बजाईएका बाजाहरु समेत उनले बजाउन भ्याए । उनले त्यहाँ रमाईलो अनुभुती राख्दै तस्बिर समेत खिचाएर फर्किएका छन् ।

तस्बिर साभार ः www.kantipurdaily.com