मोना युएईको दोस्रो अधिवेशन जुलाईमा

  • ३० बैशाख २०७५, आईतवार
  • 2322 पटक पढिएको

आबुधावी/यूएई, ३० बैशाख । म्याग्दी प्रवाशी नेपाली संघ (मोना) युएईले मासिक बैठक दुबई स्थित जाबेल पार्कमा सम्पन्न गरेको छ । उक्त बैठकले आगामी जुलाई १३, २०१८ का दिन संस्थाको दोस्रो अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशन सम्पन्न गर्न लागि उप–समितिहरु गठन र अधिवेशनमा प्रमुख अतिथीको लागि मोना आइसिसी को प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णय गरिएको कार्यबाहक अध्यक्ष श्री रुद्र बहादुर रोका ले जानकारी दिएका छन् । उक्त दिनमा मोना सास्कृतिक समूहले स्थानीय कलाकारहरु बाट विविध सास्कृतिक कार्यक्रम गर्ने सचीव तथा सास्कृतिक संयोजक श्री सुवास राम्जाली जानकारी दिएका छन् ।

अत्यन्त गर्मीको समयमा पनि गर्मिको प्रवाह नगरी उपस्थित संरक्षक र सल्लाहकार ,कार्यसमिति सदस्य तथा म्याग्देली दाजुभाइ दिदीबहिनीले सस्था लाई विशुद्ध सामाजिक क्षेत्र तथा परोपकारी काममा मात्र प्रयोग गर्न सुझाव सल्लाह दिनुभएको सल्लाहकार इन्द्र गर्बुजा ले जानकारी दिएका छन् । उक्त बैठकको अध्यक्षता कार्यवाहक अध्यक्ष श्री रुद्र बहादुर रोका तथा कार्यक्रमको संचालन सचीव श्री सुवास राम्जालीले गरेका थिए ।