मुक्तिनाथमा मोदीकाे दर्शन (हेर्नुहोस रोचक तस्बिर सहित)

  • २९ बैशाख २०७५, शनिबार
  • 2277 पटक पढिएको

निर्मल खत्री
मुक्तिनाथ २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकिय भम्रणको क्रममा शनिबार बिहान प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पुजापाठ गरेका छन् । भारतीय सेनाको विशेष विमान मार्फत मुक्तिनाथ ओर्लेका मोदीले करिब २० मिनेट पुजापाठ गरेका थिए । मुक्तिनाथ प्रवेशद्धार नजिकै निर्माण गरिएको हेलिप्याडमा झरेपछि मोदीलाई संघीय सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी र प्रदेश नं४का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संयुक्त रुपमा स्वागत गरेका थिए ।

२० मिनेट पुजापाठपछि उनले मुक्तिनाथ परिसरमा रहेको १०८ धाराको स्नानका साथै अवलोकन गरेका थिए । उनको सम्मानमा स्वागतमा मन्दिर पसिरमा रहेका लामाहरुले विशेष बाजा बजाएका थिए भने बटुकहरुले स्वस्तिक बाचन गरेका थिए । मन्दिर पसिरमा प्रवेश गरे लगत्तै मोदीलाई विशिष्ट कक्षमा लगिएको थियो । परिसरबाट वस्त्र परिर्वतन गरे उनी मुक्तिनाथ मन्दिरमा मुल मण्डपमा प्रवेश गरेका थिए ।

मोदीलाई मुक्तिनाथमा मुल मण्डपमै पुजा आर्जनको व्यवस्था गरिएको थियो । पुजापाठपछि उनलाई मुक्तिनाथ विकास क्षेत्रका पदाधिकारी, सांसद्, वरागुङमुक्ति क्षेत्रका अध्यक्ष धारा गुरुङ लगायतले उपहार प्रदान गरेका थिए । पुजापाठपछि फर्कने क्रममा प्रवेशद्धार देखि मन्दिर पसिरसम्म एकै लहरमा उभिएका स्थानीयले उनलाई भव्य सम्मान दिए । बौद्ध धर्मालम्बीहरुले आफ्नो मौलिक लामा बाजा, टोपी र गीत गाउँदै मोदीलाई स्वागत गरिरहेका दृश्य रमाईलो थियो ।

मोदीले पनि मौलिक लामा बाजा बजाएर स्थानीलाई उत्साहित पारिरहेका थिए । उनले स्थानीयसँग पटक–पटक सेल्फी र फोटा खिचाएका थिए । उनको मन्दिर प्रवेशपूर्व सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो । भारतीय सुरक्षाकर्मीहरुले कसैलाई मन्दिर परिसरमा प्रवेश गर्न दिएका थिएनन् । मुक्तिनाथमा मूख्य मण्डपको तस्विर लिन मनाही भएपनि भारतीय टेलिभिजन दुरदर्शनका सञ्चारकर्मीहरुले निर्बाध रुपमा दृश्य र फोटो लिइरहेका थिए ।

नेपाली सुरक्षाकर्मी र प्रशासन पनि भारतीय सुरक्षाकर्मी सामू निरिह देखिएको थियो । उपस्थित सञ्चारकर्मीको तीब्र आक्रोशपछि भारतीय सुरक्षाकर्मीहरुले मोदीले पुजापाठ सक्नु केहि समयअघि मात्रै दृश्य कैद गर्न दिएका थिए । मोदीको मुक्तिनाथ भम्रणले मुस्ताङको पर्यटक र मुक्तिनाथको मुहार फेरिनेमा स्थानियवासीहरु उत्साहित भएका छन । नाकाबन्दीको अवस्थालाई भुलेर स्थानियवासीहरुले अवको दिनमा भारत र नेपालको सम्बन्धलाई यस भम्रणले नयाँ आयाम दिने आशा गरेका छन ।