ताजा अपडेट
काठमाडौमा रहेका धौलागिरीबासीले पठाए स्वास्थ्य सुरक्षा सामग्री
- 3 बर्ष, 8 महिना अगाडि
- १२ जेष्ठ २०७८, बुधबार
बेनी, ११ जेठ । काठमाडौमा रहेका धवलागिरीका बासिन्दाहरुले गृहजिल्लामा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि करिब रु. पाँच लाख मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री पठाएका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि अग्रपंतीमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारीहरुका लागि चन्दा संकलन गरेर सामग्री खरिद गरि पठाएका... पुरा पढ्नुहोस
धान राेपाईको चटारोले कृषकलाई भ्याइनभ्याई (फोटो फिचर)
- 3 बर्ष, 8 महिना अगाडि
- ११ जेष्ठ २०७८, मंगलवार
म्याग्दी ११ जेठ । म्याग्दीको मंगला गाउँपालिका– ३ बरंजा आल्टामा धान रोपाईमा व्यस्त बनेका कृषकहरु । कोरोना महामारीले लकडाउन हुँदा जनजिवन प्रभावित भैरहेको समयमा यहाँका स्थानीय भने आफ्नो नियमित दैनिकिमै व्यस्त छन् । सिचाइको लागि पानीको अभाब नभएपछि यहाँका कृषकहरुले जेठ दोस्रो सातामै खेतमा धान रोपाई गरेका हुन् । तस्बिर... पुरा पढ्नुहोस
म्याग्दीमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको सख्ंया १६ सय नाघ्यो
- 3 बर्ष, 8 महिना अगाडि
- ११ जेष्ठ २०७८, मंगलवार
म्याग्दी ११ जेठ । म्याग्दीमा थप ६२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मंगलवार पुष्टि भएकामा बेनि नगरपालिकामा ३३ जना , मालिका गाँउपालिकामा १ , अन्नपुर्ण गाँउपालिकामा १२ , मंगला गाँउपालिकामा २ , रघुगंगा गाँउपालिकामा २ जना र जलजला गाउँपालिकाका ६ जना गरी ५६ जना (पिसिआर बिधिबाट) पुष्टि भएको... पुरा पढ्नुहोस
ओली विरुद्ध प्रतिरोधमा उत्रिन नेता नेपालद्धारा आह्वान
- 3 बर्ष, 8 महिना अगाडि
- ११ जेष्ठ २०७८, मंगलवार
काठमाण्डौ ११ जेठ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि वरिष्ठ नेता माधव कुमार नेपालले कारबाहीलाई औचित्यहीन, अनाधिकारिक र अर्थहीन भएको प्रतिक्रिया दिएका छन् । कारबाहीको भोलिपल्ट एक अपील जारी गर्दै नेता नेपालले ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति... पुरा पढ्नुहोस
म्याग्दी जेसीजद्धारा भर्चुअल माध्ययमबाट स्थापना दिवस मनाउन सुरु
- 3 बर्ष, 8 महिना अगाडि
- ११ जेष्ठ २०७८, मंगलवार
म्याग्दी ११ जेठ । युवाहरुको नेतृत्व, व्यक्तित्व र क्षमता विकासमा क्रियाशिल म्याग्दी जेसीजको २३ औँ स्थापना दिवसको अवसरमा ‘जेसीज सप्ताह –२०२१ मनाउन सुरु गरिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणको अवस्थालाई मध्यनजर गर्दै म्याग्दी जेसीजको सप्ताहव्यापी कार्यक्रमलाई भर्चुअल माध्ययम मार्फत सम्पन्न गर्ने गरि सुरुवात गरिएको हो । सप्ताहको मंगलवार नेपाल... पुरा पढ्नुहोस
म्याग्दीमा कोरोना सङ्क्रमण: सदरमुकाममा घट्यो, गाउँमा फैलियो
- 3 बर्ष, 8 महिना अगाडि
- ११ जेष्ठ २०७८, मंगलवार
म्याग्दी ११ जेठ । म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा सङ्क्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेल केही... पुरा पढ्नुहोस
सीसीएमसीको प्रमुखमा सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त
- 3 बर्ष, 8 महिना अगाडि
- ११ जेष्ठ २०७८, मंगलवार
काठमाण्डाै ११ जेठ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हाे । पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए ।... पुरा पढ्नुहोस
संसद बिघटन प्रतिगामी कदमको अर्काे कडी– माओवादी केन्द्र म्याग्दी
- 3 बर्ष, 8 महिना अगाडि
- ११ जेष्ठ २०७८, मंगलवार
बेनी, ११ जेठ । नेकपा माओवादी केन्द्र म्याग्दीले दोस्रो पटक संसद बिघटन हुनुलाई २०७७ पुष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी भएको टिप्पणी गरेको छ । माओवादी केन्द्र म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले विज्ञप्ति जारी गर्दै २०७८ जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्नुभएको... पुरा पढ्नुहोस
म्याग्दी रुन्माका निर प्रसाद घर फर्कने पर्खाइमै कतारमा अस्ताए
- 3 बर्ष, 9 महिना अगाडि
- १० जेष्ठ २०७८, सोमबार
तिलु शर्मा पौडेल दोहा कतार १० जेठ । दैनिक मजदुरी गरेर आफ्नो परिवार पाल्ने सपना बोकेर खाडी राष्ट्र कतार आएका म्याग्दीकाे मालिका गाउँपालिका –५ रुन्माका निर प्रसाद कामीको निधन भएको छ । घर जाने परिवार र बाल बच्चा सङ बिदा मनाएर फेरी कतार फर्कने उनको सपना सदाको लागि अन्त्य भएको... पुरा पढ्नुहोस
खनाल र नेपालसहित ११ जना एमाले पार्टी सदस्यबाट निष्काशन,थप १२ जना नेताहरुलाई स्पष्टीकरण
- 3 बर्ष, 9 महिना अगाडि
- १० जेष्ठ २०७८, सोमबार
काठमाडौं १० जेठ । नेकपा एमालेचित्रको विवाद थप उत्कर्षमा पुगेको छ । विवादको रुप बढ्दै जादा पार्टी विभाजनको औपचारिक घोषणा हुने अवस्थामा पुगेको छ । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी... पुरा पढ्नुहोस