अनेरास्ववियु र राष्ट्रिय युवा संघद्वारा बेनी अस्पतालमा सरसफाई

  • ८ मंसिर २०७८, बुधबार
  • 943 पटक पढिएको

म्याग्दी ८ मंसिर । अनेरास्ववियु म्याग्दी र राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको संयुक्त आयोजनामा बेनी अस्पताल परिसरमा सरसफाई गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा बुधबार गण्डकी प्रदेशका ११ बटै जिल्लाका प्रमुख अस्पतालमा सरसफाई कार्यक्रम गर्ने अनेरास्ववियु गण्डकी प्रदेश कमिटिको निर्णय अनुसार सरसफाई गरिएको हो ।

अनेरास्ववियु र युवा संघका नेता तथा कार्यकर्ताहरुले बेनी अस्पताल परिसरमा रहेका कागज, प्लास्टिक तथा अन्य फोहोरहरु संकलन गरि फोहोर ब्यबस्थापन कक्षमा फालिएको अनेरास्ववियु म्याग्दीका सह संयोजक मिलन खत्रीले जानकारी दिनुभयो ।

अस्पताल परिसरबाट करिव १० बोरा फोहोर संकलन गरिएको छ । अनेरास्ववियुले दशौँ राष्ट्रिय महाधिवेशन सफल बनाउने सन्देशका साथ सरसफाई कार्यक्रम गरेको केन्द्रिय सचिवालय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज सुवास बिश्वकर्माले बताउनुभयो ।


अखिलले गरेको यो रचनात्मक कार्यमा युवा संघले पनि ऐक्यबद्धता जनाउदै सरसफाई कार्यक्रममा सहभागी बनेको राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटि सदस्य दिनेश केसीले बताउनुभयो । उहाँले पार्टीको राष्ट्रिय महाधिवेशनलाई सभ्य र भव्य रुपमा सफल पार्नका लागि म्याग्दीबाट अधिकांस युवा तथा बिद्यार्थीहरुको सहभागीता रहने पनि बताउनुभयो ।