ताजा अपडेट

बगरफाँटका स्थानीय युवाहरुद्धारा हेल्थ डेस्क संचालन

धु्रबसागर शर्मा म्याग्दी ७ जेठ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका स्थानीय युवाहरुको पहलमा कोरोना संक्रमितहरुको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ हेस्क स्थापना गरिएको छ । बगरफाँटको कोटखोलास्थित खोप केन्द्रको भवनमा जेठ १ गतेदेखि स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना संक्रमित भै उपचाररत १९... पुरा पढ्नुहोस

रघुगंगाको प्रकोप व्यवस्थापन कोषमा सहयोग जुट्न थाल्यो

म्याग्दी ६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सहयोग जुटाउन सुरु गरेको कोषमा सहयोग जुट्न थालेको छ । गाउँपालिकाले सहयोगदाताहरु मार्फत संकलन हुने सहयोगलाई एकद्धार प्रणाली मार्फत संकलन गरि अत्याबश्यक क्षेत्रमा परिचालन गर्नका लागि गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष मार्फत सहयोग आह्वान गरेको छ । कोषमा बुधवार... पुरा पढ्नुहोस

म्याग्दीमा थप ९० जनामा कोरोना संक्रम‌ण पुष्टि,११० जना संक्रमित निको भए

म्याग्दी ६ जेठ।   म्याग्दीमा  विहिवार ( आज )थप ९० जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा २७ जना , मालिका गाँउपालिकामा ७ जना , रघुगंगा गाँउपालिकामा ४ जना, अन्नपूर्ण गाँउपालिकामा ७ जना र जलजलामा ४ जना गरी ४८ जना (पिसिआर बिधिबाट) पहिचान भएकाे स्वनस्थ्य कार्यालय म्याग्दीका... पुरा पढ्नुहोस

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

६ जेठ, काठमाडौं । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो । पुरा पढ्नुहोस

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का, अझै पटकपटक जाने क्रम जारी

लमजुङ ६ जेठ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१... पुरा पढ्नुहोस

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु

हेटौंडा ६ जेठ। राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् । बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार हुन्... पुरा पढ्नुहोस

थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,२४६ को मृत्यु

काठमाण्डौ ५ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए । यसैगरी पछिल्लो २४ घण्टामा... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु

पोखरा ५ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । पर्वत, नवलपरासी पूर्व, स्याङ्जा, कास्की, गोरखा, तनहुँ, रुपन्देही र पाल्पामा गरी ३० जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका–६ का ६० वर्षीय पुरुषको जेठ ३ गते पर्वत जिल्ला... पुरा पढ्नुहोस

म्याग्दीमा थप ७२ जनामा कोरोना संक्रम‌णको पुष्टि

म्याग्दी ५ जेठ ।  म्याग्दीमा आज थप ७२ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा २२ जना , मंगलामा गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा १ जना, धौलागिरि गाँउपालिकामा ९ जना र जलजलामा २ जना गरी ३६ जना (पिसिआर बिधिबाट) र बेनि नगरपालिकामा १ जना ,... पुरा पढ्नुहोस

गाउँपालिकाका कर्मचारी भण्डारीद्धारा कोरोना रोकथाम र उपचारमा रु ५० हजार सहयोग

म्याग्दी ५ जेठ ।म्याग्दीको रघुगंगा गाउँपालिका –२ राखु भगवतिका पदम भण्डारीले कोरोना नियन्त्रण, रोकथाम र विरामीको उपचारमा नगद रु ५० हजार सहयोग गर्नुभएको छ । गाउँपालिकाको प्रशासन शाखा प्रमुख (अधिकृत छैटौँ) मा कार्यरत रहनुभएका भण्डारीले उक्त सहयोग प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी र लेखा अधिकृत खगराज सुवेदीलाई हस्तान्तरण गर्नुभएको थियो... पुरा पढ्नुहोस