गरिमा विकास बैंकको १५ औं वार्षिकोत्सवमा रक्तदान

  • ७ मंसिर २०७८, मंगलवार
  • 576 पटक पढिएको

म्याग्दी, ७ मंसिर । गरिमा विकास बैंकले आफ्नो १५औं बार्षिकोत्सवको अवसरमा मंगलबार सदरमुकाम बेनीमा बृहत रक्तदान कार्यक्रम गरेको छ । बेनी नरपालिकाका मेयर हरिकुमार श्रेष्ठले ब्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको सुरुवात गदैं वित्तिय कारोबारसँगै बैंकले सामाजिक उत्तरदाहित्व अन्तरगतका शिक्षा, स्वास्थ्य, वित्तिय साक्षरता सहितका सामाजिक कार्यमा सहयोग गर्ने गरेको बताए ।

बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यसहित ‘रक्तदान, जीवनदान’ भन्ने मूल नारासहित रक्तदान कार्यक्रमको आयोजना गरेको सञ्चालक समितिका सदस्य दिपेन्द्र श्रेष्ठले बताए। नेपाल रेडक्रस सोसाईटी बेनी शाखा अन्तरगतको रक्त संचार केन्द्रको प्राविधिक संयोजनमा संकलन भएको रगतलाई बेनी अस्पतालका बिरामीसँगै आवश्यकता अनुसार जिल्ला बाहिर समेत पठाउन सकिने केन्द्रका सयोजक सुरत केसीले बताए । रक्तदान कार्यक्रममा जिल्लास्थित व्यापारी, बैंकका सञ्चालक तथा कर्मचारी,सर्वसाधारणसहित ३० जनाले रक्तदान गरेको र ३० पिन्ट रगत सङ्कलन भएको थियो ।

रक्तदान कार्यक्रमको अध्यक्षता सञ्चालक श्रेष्ठ, स्वागत पोखरा कलस्टर प्रमुख भोलाप्रसाद तिवारी र सञ्चालन बागलुङ शाखा प्रमुख नारायणहरी शर्माले गरेको बेनी शाखाकी बरिष्ठ सहायक कविता शर्माले जानकारी दिईन् । बैंकको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बावियचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा रहेको छ । जिल्लामा धेरै ग्राहक र रेमिट्यान्स प्रवाह गर्ने वित्तिय संस्था समेत रहेको बैंक नियमित सामाजिक उत्तरदाहित्व अन्तरगत कार्यक्रम गर्ने बैंकमा पर्छ ।