मगर मुक्ति मोर्चाको चौथोँ सम्मेलनको नेकपाका महासचिब बिप्लवद्धारा उद्घाटन (फोटो फिचर)

  • ८ मंसिर २०७८, बुधबार
  • 836 पटक पढिएको

म्याग्दी ८ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले उद्घाटन गर्नुभएको छ ।

पार्टी पुनस्थापना दिवसको अवसर पारेर मंसिर ८ देखि १० गते सम्म म्याग्दीको बेनीमा मोर्चाको चौँथो राष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो । बिभिन्न झाँकी र जुलुस सहित बेनी बजार परिक्रमा गरि खुल्ला मञ्चमा अहिले सम्मेलनको उदघाटन सत्र चलिरहेको छ ।

मोर्चाको ९ र १० गते बन्द सत्र जिल्ला समन्वयको सभाहलमा सम्पन्न गर्ने कार्यक्रम तय भएको सम्मेलन आयोजक समितिका संयोजक गम बहादुर श्रीस मगरले जानकारी दिनुभयो । सम्मेलनको बन्द सत्रमा देशभरिबाट १५२ जना प्रतिनिधि तथा परिवेक्षकहरु सहभागी हुने श्रीसले बताउनुभयो । उद्घाटन कार्यक्रममा सामना परिवारको बिशेष सांस्कृतिक प्रस्तुती समेत रहेको छ ।