नेकपाका महासचिब बिप्लव बेनीमा

  • ७ मंसिर २०७८, मंगलवार
  • 727 पटक पढिएको

म्याग्दी ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव आज म्याग्दी आउनुभएको छ । मंसिर ८ गते म्याग्दी सदरमुकाम बेनीमा हुने
मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई सम्बोधनका लागि विप्लव मंगलवार साँझ बेनी आउनुभएको हो ।

पार्टी पुनस्थापना दिवसको अवसर पारेर मंसिर ८ देखि १० गते सम्म म्याग्दीको बेनीमा मोर्चाको चौँथो राष्ट्रिय सम्मेलनको आयोजना गरिएको सम्मेलन आयोजक समितिका संयोजक गम बहादुर श्रीस मगरले जानकारी दिनुभयो ।

मंसिर ८ गते बिहान ११ बजे देखि बिभिन्न झाँकी र जुलुस सहित बेनी बजार परिक्रमा गरि खुल्ला मञ्चमा उद्घाटन गरिने, ९ र १० गते बन्द सत्र जिल्ला समन्वयको सभाहलमा सम्पन्न गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनमा देशभरिबाट १५२ जना प्रतिनिधि तथा परिवेक्षकहरु सहभागी हुने श्रीसले बताउनुभयो । कार्यक्रममा सामना परिवारको बिशेष सांस्कृतिक प्रस्तुती पनि रहने आयोजक समितिले जनाएको छ ।