जवर्जस्ती करणीको आरोमा एक युवा पक्राउ

  • ७ मंसिर २०७८, मंगलवार
  • 573 पटक पढिएको

म्याग्दी ७ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२,मिठौलाका एक यूवा महिलालाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । सोमबार साढे ५ बजे तल्लो डडुवाको तुसानीस्थित सानो पाखो खेतमा २६ बर्षिय महिलालाई चिया खान जाउँ भन्दै जंगलमा लगेर जबरजस्ती गरेका २८ बर्षिया लक्ष्मण किसानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडित महिलाले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले पीडकलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरिक्षक विरेन्द्र गुरूङले जानकारी दिनुभयो ।

गएको साता मंगला गाउँपालिका–५,की ७ वर्षीया बालिकालाई गाउँकै ४७ वर्षीय थम बहादुर बिकले अश्लिल फिल्म देखाउँदै करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । म्याग्दीका कात्तिक कात्तिक र मंसिर महिनामा मात्रै १० बर्ष मुनिका दुई बालिका, एक महिलालाई सामुहिक करणी र एक अपाङ्क महिलालाई करणीको प्रयास गरेको उजुरीका आधारमा प्रहरीले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ । म्याग्दीमा पछिल्लो समय जबरजस्ती करणीका घटना ह्वात्तै बढेको छ ।