म्याग्दी समाचार

नयाँ वर्षका अवसरमा बेनीमा प्रथम लोक साँस्कृतिक उत्सव हुँदै

बेनी, ६ चैत । म्याग्दी सदरमुकाम बेनीमा नयाँ वर्ष २०७८ का अवसरमा प्रथम लोक साँस्कृतिक उत्सवको आयोजना गरिने भएको छ । ‘‘हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नवप्रतिभाको प्रोत्साहन’’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले उत्सवको आयोजना गर्न लागेको हो । शुक्रवार पत्रकार सम्मेलन गरि प्रतिष्ठानले बैशाख... पुरा पढ्नुहोस

म्याग्दीमा राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु

म्याग्दी, ५ चैत । आसन्न राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरेर म्याग्दीमा जनगणनाको तयारी सुरु गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको भवनमा चैत १ गतदेखि स्थापना भएको जिल्ला जनगणना कार्यालयले जनगणनाको तयारी बारे पत्रकार तथा संचारकर्मीहरु विच जानकारी गराएको हो । आगामी २०७८ जेठ २६ गतेदेखि असार... पुरा पढ्नुहोस

लिड्सद्धारा विपन्न परिवारका १० वटा घर निर्माण गरिँदै, ३३ परिवारलाई कुखुराका चल्ला वितरण

म्याग्दी ५ चैत । लिड्स नेपालले म्याग्दीका विपन्न परिवारका १० घरपरिवारको आवास पुननिर्माण गर्न थालेको छ । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा बाढी, पहिरो र अन्य कारणले घर भत्कीएका विपन्न परिवारका १० परिवारको घर निर्माण सुरु गरिएको हो । बेनी नगरपालिका–४ डाँडाखेत, ५ फुर्केसल्ला, रघुगंगा गाउँपालिका–२ साझापानी र वडा नम्बर... पुरा पढ्नुहोस

बाढीले बगाएको कुइनेमंगलेको रितुङ्ग माध्यमिक विद्यालय पुननिर्माण

म्याग्दी ५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रघुगंगा नदीमा आएको बाढीले बगाएको रितुङ्ग माध्यमिक विद्यालय पुननिर्माण गरिएको छ । कुईनेमंगलेको दुलेखर्कमा रहेको यस विद्यालयको भवन २०७५ साल भदौ २७ गते आएको बाढीले बगाएर क्षति पु¥याएपछि सोही ठाउँ नजीकको घ्यासीखर्कमा सारेर रु २ करोड ३० लाख बढी लागतमा पुननिर्माण गरिएको... पुरा पढ्नुहोस

सेवाग्राही र नागरिकका गुनासा प्राथमिकतामा : प्रजिअ गणेशबहादुर अधिकारी (भिडियाे)

म्याग्दी ३ चैत । म्याग्दीमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले सेवाग्राही र नागरिकका गुनासा प्राथमिकताका साथ सुन्ने र उचित सम्बोधनको लागि प्रयासरत रहने प्रतिबद्धता जनाउनुभएको छ । सरुवा भएर म्याग्दीको प्रमुख जिल्ला अधिकारीको रुपमा हालै मात्रै आउनुभएका प्रजिअ अधिकारीले मंगलवार पत्रकारहरुसंग छलफल गर्दै समाजको शान्ति सुरक्षालाई बलियो बनाउन र... पुरा पढ्नुहोस

नेपाल आइडलबाट चम्किएका चर्चित गायक नेसन पुन मगर म्याग्दी आउँदै

म्याग्दी ३ चैत । नेपाल आइडलको सिजन ३ को उत्कृष्ट ५ भित्र पर्न सफल भएका चर्चित गायक नेसन पुन मगरले गृहजिल्ला म्याग्दीमा आफ्नो प्रस्तुती राख्नुहुने भएको छ । म्याग्दी घर भई पोखरा बसोबास गर्दै आउनुभएका गायक पुनले नेपाल आइडलमा राखेका उत्कृष्ट प्रस्तुतीहरु मार्फत उहाँको चर्चा फैलिएको थियो । जिल्लाका ठुला... पुरा पढ्नुहोस

दुर्गमका विद्यालयकाे सकस :‘दरबन्दी अभाब, आर्थिक संकट’

म्याग्दी, २ चैत । धवलागिरि गाउँपालिका–३ फलियागाउँमा रहेको धनजनता माध्यमिक विद्यालयमा भौतिक पूर्वाधारले विद्यालय चिटिक्क बनेर विद्यार्थीहरुको आकर्षण बढिरहँदा विद्यालय भने शिक्षक दरबन्दीको अभाबले आर्थिक चपेटामा परेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा)ले यस विद्यालयमा चार कोठे एक भवन निर्माण सम्पन्न भएको छ भने अर्को चार... पुरा पढ्नुहोस

भीरैभरी भीरमाहुरी (फोटो कथा)

बेनी, २ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित धौलागिरि आईसफल पदमार्गबाट देखिएको भीरैभरी भीरमाहुरीको दृष्य । पदमार्ग अन्तर्गत चिमखोलाको टाकोसबाट कुइनेमंगलेको क्षेत्रमा पर्ने भीरमा बर्षेनी भीर माहुरीले महको घार बनाउने गरेको पाइन्छ । पदमार्ग अन्तर्गत चिमखोला र कुइनेमंगले क्षेत्रमा रहेका भीर पहराहरुमा स्थानीयले हरेक बर्ष भीर माहुरीको मह काट्दै आएका... पुरा पढ्नुहोस

सत्ता होइन व्यवस्था जोगाउनतिर लाग्नुपर्छ : काँग्रेस बरिष्ठ नेता पौडेल

  https://www.youtube.com/watch?v=BAcR-nhpihE   बेनी, १ चैत । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले व्यवस्था जोगाउनतिर भुमिका खेल्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापती डाक्टर भुपेन्द्रबहादुर खड्काको छैटौँ दिनको पुन्यतिथिमा आईतवार जिल्ला सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘‘ लामो संघर्षबाट अहिलेको... पुरा पढ्नुहोस

बेनीमा माओवादी केन्द्रको कार्यालय स्थापना

बेनी, १ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी (केन्द्र)को जिल्ला संगठन कमिटिले आइतबार बेनीमा कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युताएर ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि दुई दलले आ–आफ्नो पार्टी कार्यालय स्थापना गरेका हुन् । नेकपा माओवादी केन्द्र म्याग्दीका... पुरा पढ्नुहोस